tealaya add

74 old

एक ७४ वर्षीया महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् ।भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लाकी मंगयाम्मा नाम गरेकी ती महिलाले स्थानीय अहिल्या नर्र्सिङ होममा जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।

उनको पूर्वी गोदावरी जिल्लाका किसान यर्मसेट राजारावसँग ५७ वर्षअघि विवाह भएको थियो। सन्तानको चाहना पूरा गर्न मंगयाम्मा एक दशकदेखि उपचाररत रहेकी थिइन् ।

एक वर्ष पहिले उनले गुन्टुरका डा. सनककायला उमाशंकरलाई भेटेकी थिइन्। डाक्टरहरूले उनको सामान्य शल्यक्रिया गरेका थिए। यो शल्यक्रिया जनवरीमा सफल भएको थियो । उक्त शल्यक्रियापछि मंगयाम्मा गर्भवती भएकी थिइन् ।

डाक्टरहरुका अनुसार मंगयम्मा ७४ वर्षको उमेरमा पनि निकै फिट छिन् । उनको फिटनेसका कारण नै प्रसुतिका लागि सजिलो भएको डाक्टरको भनाई छ ।

२ बालिकालाई जन्म दिएपछि मंगयाम्माले आफू धेरै खुसी भएको बताएकी छन् । डाक्टरका अनुसार आमा र दुवै बच्चा स्वस्थ छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...