tealaya add

hapsi

एजेन्सी । ठाउँ र समुदाय अनुसार विवाह सम्बन्धी फरक–फरक चलन र मान्यता रहन्छन् । पश्चिमी अफ्रिकाको एक आदिवासी समुदायमा एक–अर्काकी श्रीमती चोरेर बिहे गर्ने अनौठो परम्परा छ ।

अफ्रिकाको बोदाब्बे आदिवासी समुदायमा अर्काकी श्रीमती चोरेर बिबाह गर्ने प्रचलन छ । यहाँ बिबाह गर्नका लागि पुरुषहरुले अर्काकी पत्नी चोर्ने गर्दछन् । यो समुदायमा पहिलो विवाह भने घर परिवारको सहमतिमा हुने गर्दछ । तर, दोश्रो बिवाहका लागि अरु कसैको पत्नी भगाउनु पर्ने र भगाउन नसक्नेले दोश्रो विवाह गर्न पाउँदैनन् ।

यी आदिवासी समुदायले हरेक वर्ष गेरेवोल नामक पर्व मनाउँदछन् र यो पर्वका अवसरमा पुरुषहरुले अनुहारमा अनेक खालका रंग दलेर श्रृंगार गरी अनेक खालका गतिविधि गरेर अर्काकी पत्नीलाई फकाउने प्रयास गर्दछन् ।

दुवैैजना राजी भएर भागे पछि खोजेर उनीहरुका परिवारले नै दोश्रो विवाह गराइदिन्छन् । र, दोश्रो बिहेलाई प्रेम विवाहको रुपमा स्वीकार गरिन्छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...