pyaj

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्याजको भाउ आकाशिएपछि नखाने घोषणा गरेकी छन् । प्याजको मूल्य आकाशिएपछि अब आफ्नो भान्सामा प्रयोग नगर्ने प्रधानमन्त्री वाजेदले घोषणा गरेकी उनको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदले बताएका छन् । आयातित प्याज प्रयोगमा जनतालाई पनि निरुत्साहित गर्नुपर्ने उनले बताएकी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

 यो पनि पढ्नुहोस :- प्याजको भाउ आकाशियो,२०० रुपैयाँ प्रतिकिलो !

भारतले प्याजमा निर्यात प्रतिवन्ध लगाएपछि बंगलादेशसहित छिमेकी मुलुकमा प्याजको भाउ बढेको छ । बंगलादेशमा केही समयअघि ३० टका प्रतिकिलो पाइने प्याजको मूल्य सोमबार बढेर २ सय ६० टका पुगेको छ । प्याजको भाउ बढेपछि बंगलादेश सरकारले जनतालाई राहत स्वरुपमा ४५ टका प्रतिकिलोमा प्याज विक्री सुरु गरेको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...