1478958692 banner ad format

 
 

एजेन्सी–बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय । यो बंगलादेशको दोस्रो ठुलो वेश्यालय समेत रहेको छ ।

Bangladesh

२०० वर्ष अघि देखि यो वेश्यालय चल्दै आइरहेको छ । सन् २०१४ मा यस वेश्यालयलाई हटाइएको थियो । तर स्थानिय एन्जीओको सहयोगमा यो वेश्यालय पुन सञ्चालनमा ल्याइयो । धेरै महिलाहरु त्यही वेश्यालयमा जन्मिने गर्छन् । त्यही हुर्किन्छन् । तर कसैलाई थाहा हुदैन जब उनीहरु हराउँछन् ।


वेश्यालय हुनुपर्छ भन्नेहरु भन्ने गर्छन्, ‘वेश्यावृत्ति पनि अन्य काम जस्तै काम हो । यहाँ रहेका महिलाहरु यौनधन्दा बाहेक अन्य काम गर्न खोज्दा पनि खोज्दैनन् । त्यहाँ काम गर्दै आइरहेका महिलाहरुले उनीहरुको काम गर्न पाउने हकलाई न्याय दिन आन्दोलन समेत गरेका थिए ।’ सन् २०१४ को अन्त्यमा गैरकानुनी भन्दै सरकारले रोक लगाएको थियो र सबै वेश्याबृत्तिमा लागेका महिलाहरुलाई घर फर्कन आग्रह गरेको थियो ।


आज बेश्यावृत्तिका लागि छुट्टाइएको स्थानमा पर्खाल लगाइएको छ । बेश्यालय जाने साना बाटोहरुमा खानाका स्टलहरु, चिया पसल, र स्ट्रिट भेनडोरहरु रहेका छन् । हाम्रो समाजभन्दा त्यहाँको नियम कानुन नै नितान्त फरक रहेको छ । त्यहाँ आफ्नै नियम कानुन र चलाउने शक्ति नै फरक रहेका छन् । सूरुवाती दिनमा बेश्यालयमा पस्ने किशोरीलाई ‘बोन्ड गर्ल’ भनिन्छ । उनीहरु प्राय १२ देखि १४ वर्षबिचका हुन्छन् ।


यस्ता किशोरीहरु गरिब परिवारबाट आउने गरेका छन् । उनी महिलाबेचबिखनको शिकार समेत भएका हुन्छन् । उनीहरुको अधिकार र स्वतन्त्रता भन्ने कुरा नै हुदैन । उनीहरुलाई त्यस्ता वेश्यालयमा लगेर यौनधन्दा लगाउन लगिन्छ र उनीहरुलाई किनेको पैसा उठाइन्छ ।

व्याज सहित । एक देखि पाचँ वर्षको अवधिमा उनीहरुलाई यस्तो कार्यमा लगाइन्छ । त्यसपछि उनीहरु स्वतन्त्र यौनकर्मी बन्छन् । त्यसपछि उनीहरु वेश्यालयमा आउने ग्राहकलाई अस्विकार गर्ने, स्वतन्त्र पैसा जम्मा गर्न पाउनेछन् ।

जब उनीहरु ऋण तिरी सक्छन् उनीहरु बेश्यालय समेत छोड्न पाउँछन् । बाहिरी समाजले स्विकार्ने नहुदाँ उनीहरु त्यही वेश्यालयमा बाँकी जीवन काट्ने गर्छन् । परिवारलाई त्यही बेश्यालयबाट हुने कमाइबाट सहयोग गरिरहन्छन् ।

प्रकासित मिति

Loading...

 

  • kantipathnews Manoranjan miss nepal

    मिस नेपालको २३ औं संस्करण आज

    मिस नेपालको २३ औं संस्करण आज हुँदैछ । काठमाडौंमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा २५ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । नेपालक ...

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

yummyfood