Hidden
कति पर्ने कारहरु चढ्छन् विश्वकै धनी बिल गेट्स !
काठमाडौँ - विलियम हेनरी ‘बिल’ गेट्स तृतिय,एक अमेरिकी बिजनेश म्यानको जन्म सन् १९५५, अक्टोबर २८ मा भएको थियो ।
उनी एक बिजनेश म्यागनेट, इन्भेष्टर, लेखक र समाजसेवी हुन् ।
हावर्डमा पढ्दा उनले अलटायर मिनी कम्प्युटरबारे एउटा आर्टिकल पढेका थिए । उक्त आर्टिकल पढेपछि उनले पढाइ छोडेका थिए । त्यसपछि २० वर्षको उमेरमा सन् १९७५ मा उनी र पाउल एलेन मिलेर माइक्रोसफ्टको स्थापना गरे जुन विश्वभरकै पिसी सफ्टवेयर कम्पनी बन्न सफल रह्यो ।
सन् १९८७ मा नै उनी फोब्र्स म्यागजिनले जारी गर्ने विश्वकै धनी व्यक्तिहरुको सुचीमा परेका थिए ।
सन् १९९५ देखि २००७ सम्म उनी विश्वकै धनी व्यक्तिको पहिलो स्थानमा रहन सफल रहे । सन् २००९ मा उनी पुन धनी व्यक्तिको पहिलो सुचीमा परे । सन् २००९ देखि २०१४ सम्ममा उनको सम्पत्ति दुई गुणा भन्दा बढी भइसकेको थियो ।
४० बिलियन अमेरिकी डलरबाट बढेर उनको सम्पत्ति ८२ मिलियन डलर भएको थियो । सन् २०१७ को सुची हेर्ने हो भने पनि उनी विश्वकै धनी व्यक्तिको सुचीको पहिलो स्थानमा रहेका छन् । उनको सम्पत्ति ८५.६ बिलियन अमेरिकी डलर रहेको छ ।
जब उनी ३१ वर्षको थिए उनको नेटवर्थ १ बिलियन अमेरिकी डलर रहेको थियो ।
माइक्रोसफ्ट रेभेन्यु–८५.३ बिलियन अमेरिकी डलर
कारहरु
१९८८ पोस्र्च ९५९ कप–३,८०,००० अमेरिकी डलर
पोस्र्च ९११ कारिया–१,४९,७२० अमेरिकी डलर
बमबार्डियर बिडी–७०० – ४० मिलियन डलर
बोइङ बिजनेश–८० मिलियन डलर
प्रकासित मिति