1478958692 banner ad format

 
 

 काठमाडौँ - बाढीले घर बगायो । भित्र भएको ३ लाख १७ हजार ३ सय ५२ रुपैयाँ हरायो । विराटनगर–७ सरस्वती टोलका ६५ वर्षीय महेश मण्डलले त्यो रकमको आस मारिसकेका थिए । मागेर जम्मा गरेको रकम हराउँदा उनी असह्य पीडामा थिए । आइतबार भने उनको खुसी फर्कियो । 

नेपाली सेनाको टोलीले सरसफाइ गर्दा रकम फेला पार्‍यो । उनको घर भएको ठाउँमै भेटिएको हो । आस मारिसकेको रकम प्राप्त गरेपछि उनी खुसीले फुरुंग छन् । मण्डलले मागेर जम्मा गरेको रकम ताल्चा लगाएर बाकसमा राखेका थिए ।

त्यही अवस्थामा सेनाले फेला पारेको हो । बाकसमा सिक्का थिए । बाढीले घरका सबै सामान बगायो । सिक्का भएकाले बाकस बगेन । घरमा बाढी पसेपछि हतार–हतार आफू सुरक्षित स्थानतर्फ भागेको मण्डलले बताए । पैसा भएको बाकस लान सकेनन् । उनले कसैलाई पनि घरको सरसफाइ तथा उद्धार गर्न दिएका थिएनन् । रकम भेटिन्छ कि भन्ने झिनो आस थियो मनमा ।


उनले सुरुमा सेनालाई पनि जान दिएनन् । सेनाले रकमको सुरक्षाको जिम्मा लिएपछि सरसफाइ गर्न दिए । सपत्नी सिंघियाखोलाको ऐलानी जग्गामा बस्दै आएका मण्डल यहाँका विभिन्न मन्दिरका अगाडि बसेर भीख माग्छन् ।

उनले नागरिकता नभएकाले बैंकमा खाता खोलेर राख्न नसकेको बताए । वडाध्यक्ष मधुबाबु तिवारीले त्यो रकम टोल विकास समितिको खातामा सुरक्षित राखिदिने र आवश्यकताअनुसार उनलाई दिँदै जाने सहमति भएको बताए । आफू असुरक्षित हुने भएकाले रकम बुझाएको मण्डलको भनाइ छ । उनी ४० वर्षअगाडि भारतको दरभंगाबाट भीख माग्दै विराटनगर आएका थिए । 

प्रकासित मिति

Loading...

 

yummyfood