tealaya add

काठमाडौं । अहिले अनलाइनमा खेल्न मिल्ने ‘ब्लु ह्वेल’ नामको गेम खेलेर १३० भन्दा बढी युवाहरुले आत्महत्या गरेपछि यस गेमलाई ‘सुसाइड गेम’ अर्थात् आत्महत्या गर्ने खेलकोरुपमा लिइएको छ ।

Amazing News Collection Blue Whale online suicide game

यसै वर्ष सुरु गरिएको ‘ब्लु ह्वेल’ नामक गेमले गत आइतबारसम्म रुसमा १३० भन्दा बढी किशोर–किशोरीहरुले आत्महत्या गरेपछि बेलायतमा यस गेमलाई अनुमति दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ ।

एडभेन्चर यात्रा गर्न मन पराउनेहरुलाई लक्षित गरी कुनै टेलिभिजन कार्यक्रमको अवधारणामा ल्याइएको गेमबाट युवाहरु गेमको अन्तिम लेभल पार गर्नका लागि आत्महत्यासम्म गर्न पुगेको ‘द सन’ पत्रिकाले उल्लेख गरेको छ ।

Amazing News Collection Blue Whale online suicide game 2

द सनमा प्रकाशित समाचारमा यस अनलाइन गेम खल्ने व्यक्तिले आफैंलाई आत्महत्या गर्न प्रोत्साहित गर्ने उल्लेख छ ।

अनलाइनमा समूहमा मिलेर खेलिने गेममा आफ्नो समूहमा एकजना अन्जान ‘मास्टर’ भेटिनेछ । त्यस मास्टरले समूहको सदस्यहरुलाई प्रत्येक लेभलअन्र्तगत् दैनिक कार्यहरु दिनेछ, जुन ५०औं लेभल ५०औं दिनमा पूरा हुनेछ ।

 

दैनिक कार्यहरुमा आफैंलाई हानि पुर्याउने, हरर (डरलाग्दो) फिल्म हेर्नुपर्ने, रातको समयमा कुनैपनि बेला उठ्नुपर्नेलगायतका अनौठा र अकल्पनीय रहेका छन् । तर, अन्तिम ५०औं दिनमा विशेषगरी युवाहरुलाई आत्महत्या गर्न निर्देशन दिएर त्यसलाई नियन्त्रण गर्न लगाइन्छ ।

रयिन समाचारपत्र ‘नोभया ग्याजेट’ले गरेको खोज रिपोर्टमा यो गेम खेलेर अहिलेसम्म १३० जनाको ज्यान गइसकेको उल्लेख छ ।

ग्याजेटले भनेको छ–‘ती सबै गेमको अन्तिम ५०औं लेभलमा पार गर्न नसकपछि आत्महत्या गर्न पुगेको हुन् ।’

रसियामा यसरी आत्महत्या गर्ने सबैभन्दा धेरै किशोर–किशोरी रहेका छन् । तीमध्ये १५ वर्षकी युलिया कोन्स्टान्तिनोभा र १६ वर्षका भेरोनिका भोल्कोभाले मध्यरातमा आफ्नै घरको छतबाट हामफालेर आत्महत्या गरेका थिए ।

Amazing News Collection Blue Whale online suicide game 3

युलियाले आफ्नो फेसबुकमा ठूलो ह्वेलको फोटो राखेर ‘द इन्ड’ लेखेर आत्महत्या गरेकी थिइन् ।

रसियामा विशेषगरी यो गेम युवाभन्दा युवतीमाझ बढी लोकप्रिय रहेको छ । मनोविज्ञहरुले उनीहरुको मनोविज्ञानले अरुभन्दा साहसिक छु भन्ने देखाउन गेम खेल्ने गरेको र उक्त गेमले आफैंलाई घृणा गर्न सिकाउने भएकाले उनीहरु आत्महतया गर्नसम्म पछि नहटेको बताएका छन् ।

रसियाको अनुसन्धान कमिटीले आत्महत्याको कारण गेम नै हो भन्ने ठोस प्रमाण जुटाउन नसकेको र अनुसन्धान अझै जारी रहेको उल्लेख गरेको छ ।

गत वर्ष ज्यान लिने गेमकारुपमा पोकेमनलाई लिइएको थियो । पछि यस गेमलाई नै कतिपय देशहरुले बन्दसमेत गरेका थिए ।

अहिले यो गेमले रसियालगायत युरोपियन देशहरुमा हंगामा मच्चिएको छ । -इमेजखबरबाट 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...