annapurna add

buff gadi

पाेखरा २८ साउन । यहाँका एक यातायात ब्यवशायीले आफ्नो बस भैंसी सङ्ग साट्टिपट्टी गरेका छन । पाेखरादेखि लाचाेक घाचाेक सडक खण्डमा सञ्चालन हुँदै आएका ग १ ख ४१०१ नम्वरकाे वस स्थानियकाे भैंसी सङ्ग साटेका हुन । काेराेना कहरका कारण लामाे समयदेखी सार्वजनिक यातायातकाे सवारि ठप्प रहेकाे र त्यसमा पनि वैङ्ककाे ब्याज दिन प्रतिदिन वढ्दै गएपछि सवारीधनी श्याम दहालले लाहाचाेककै एक कृषककाे भैंसी सङ्ग बस साटफेर गरेका हुन ।

यातायात व्यवसायमा भविष्य नदेखेपछि दहालले यातायात व्यवसायमा भन्दापनि कृषि क्षेत्रमा राम्राे हुने आशाका साथ आफ्नो सवारी साधन भैंसी सङ्ग साटफेर गरेकाे यातायात व्यवसायी रमेश श्रेष्ठले जानकारि दिए। पाेखरा र आसपासमा रहेका यातायात व्यवसायीहरु लामाे समयदेखि सार्वजनिक यातायातका सवारीहरु सञ्चालन हुन नसक्दा बैककाे किस्ता तिर्न नसकेर केहिले बैङमा चावि समेत बुझाईसकेकाे यातायात व्यवसायी श्रेष्ठले जानकारि दिए।

प्रकासित मिति

 
 
Loading...