annapurna add

biralo

एड्सको कारण बिरालोको मृत्यु भएको खबर बाहिरिएको छ। समाचार संस्था द मेट्रोकाअनुसार १२ वर्षको बिरालो ब्रिटेनको वेस्ट मिडल्याण्डको शहरको ग्रेट बियरको सडकमा हिड्ने गर्थ्यो।

गत वर्ष नोभेम्बरमा बिरालोको गम्भीर अवस्था देखेर सडकबाट उठाएर पशु अस्पतालमा पुर्याइएको थियो। उपचारको क्रममा बिरालोलाई एड्स भएको पुष्टि भएको थियो । बिरालोलाई एड्स भएको खबर जब सामाजिक संजालमा भाइरल भयो । बिरालोलाई बचाउन अभियान्ताद्वारा सहयोगको अपिल पनि गरेका थिए।

बिरालोलाई बचाउन १० हजार पाउन्डसमेत जम्मा भएको सामाजिक अभियान्ताहरुले जनाएका छन्। रकम संकलन भएपछि उक्त बिरालोको उपचार गर्न शुरु गरिए पनि बचाउन भने नसकिएको बताइएको छ । वेस्ट मिडल्याण्डका जनावर रेस्क्यु गर्ने एक टिमका सदस्य रूसी सुदरल्याण्डकाअनुसार बिरालोलाई बचाउन चिकित्सकहरुले कडा परिश्रम गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर