tealaya add

chanakya

हिन्दु धर्मशास्त्रले भगवान श्रीकृष्ण इशा पूर्व ३१३८ मा यस पृथ्वीमा अवतरित भएको प्रमाणित गर्दछ।त्यही समयमा नै आर्यावर्तमा मगध हालको (पटना)एक शक्तिशाली राज्य थियो ।त्यसै समय त्यहाँ जरासन्ध राज्य गर्दथे।उनैको वंशमा एक ऐयासी महापद्मानन्द राजा हुदा उनी सुरा सुन्दरीको कुलतमा फसिरहदा युनानी राजा सिकन्दरले भारत वर्षमा आँखा लगाएकाले भारत वर्ष कसैको अधिनमा बस्नु नपरोस् भनी राज्य सल्लाहकार चणक नामका (व्राह्मण) विद्वानले राजालाई सुझाव दिँदा चणकलाई नै मृत्युदण्ड दिइयो।

यिनै राष्ट्रभक्त राजभक्त ब्राम्हण चणकका सुपुत्र हुन् आचार्य चाणक्य।राष्ट्रभक्ति,सत्य,न्याय,कुटनीति,प्रशासन साथै राजनीनिशास्त्रका आदिका विशिष्ट योगफल हुन् आचार्य चाणक्य यिनलाई विष्णुगुप्त वा कौटिल्य पनि भन्ने गरिन्छ।चाणक्य यस्ता महान विभूति थिए, जसले आफ्नो विद्धता, बुद्धिमता र क्षमताको बलमा प्रभाव कायम गरेका थिए ।

मौर्य साम्राज्यका संस्थापक चाणक्य कुशल राजनीतिज्ञ, चतुर कुटनीतिज्ञ, प्रकाण्ड अर्थशास्त्रीको रुपमा पनि विश्वविख्यात भए । यतिका सताब्दी गुजि्रसक्दा पनि चाणक्यले बताएको सिद्धान्त र नीति प्रासंगिक छ । किनभने उनले आफ्नो गहन अध्ययन, चिन्तन र जीवानुभवबाट आर्जित अमूल्य ज्ञानलाई पूर्ण रुपमा निस्वार्थ भावले मानव कल्याणका लागि अभिव्यक्त गरेका थिए ।

चाणक्य नीति

आचार्य चाणक्यको नीति अद्भूत संग्रह हो, जुन आज पनि उत्तिकै प्रासंगिक छ ।

चाणक्य नीतिमा मित्र-भेददेखि लिएर सत्रुसम्मको पहिचान, पति-परायण तथा चरित्रहीन स्त्रीमा विभेद, राजाको कर्तव्य र जनताको अधिकार तथा वर्ण व्यवस्थाको उचित निदान वताइएको छ । महापण्डित आचार्य चाणक्याको ‘चाणक्य नीति’मा कुल सत्र अध्याय छ ।

– एक पण्डित (विद्वान) पनि घोर कष्टमा पर्छन, यदि उनले मूर्खलाई उपदेश दिन्छन् ।

– जुन व्यक्ति शास्त्रको सूत्र अभ्यास गरेर ज्ञान ग्रहण गर्छन्, उनलाई अत्यान्त वैभवशाली कर्तव्यको शिद्धान्त ज्ञात हुन्छ ।

– मेहनत गर्नाले दरिद्रता रहँदैन । धर्म गर्नाले पाप रहँदैन । मौन रहनाले कलह हुँदैन । र, जागरुक रहँदा भय हुँदैन ।

– मानिसले संभावित समस्याबाट पार पाउनका लागि धन संचय गर्नुपर्छ । उनले धन-सम्पदा त्यागेर पनि श्रीमतीको सुरक्षा गर्नुपर्छ ।

– त्यहाँ नजानु, जहाँ तिम्रो इज्वत हुँदैन । त्यहाँ नबस्नु जहाँ तिम्रो रोजगारी छैन ।

– झुट बोल्नु, कठोरता, छल गर्नु, मुर्खता गर्नु, लोभ गर्नु, अपवित्रता र निर्दयिता । यी मानिसको केही नैसर्गिक दुर्गुण हो ।

– भोजनको योग्य पदार्थ र भोजन गर्ने क्षमता, पर्याप्त धनराशी र दान दिने भावना । सुन्दर श्रीमती र कामशक्ति । यस्तो संयोग हुनु सामान्य तपको फल होइन ।

– मनमा सोचेको कुरा कसैलाई प्रकट नगरौं । बरु, मनन गरेर त्यस सोंचलाई काममा परिणत गरौं ।

– मूर्खता दुखदायी छ, जवानी पनि दुखदायी छ । यो भन्दा पनि दुखदायी कुरा कोही अर्काको घरमा गएर उनको साहनुभूति लिनु ।

– हरेक पर्वतमा माणिक्य हुँदैन । हरेक हात्तीको शीरमा मणी हुँदैन । हरेक वनमा चन्दनको वृक्ष हुँदैन । यसैगरी सबै ठाउँमा सज्जन पुरुष पनि हुँदैन ।

– बुद्धिमान पिताले आफ्नो पुत्रलाई शुभ गुण सिकाउनुपर्छ । किनभने नीतिज्ञ र ज्ञानी व्यक्ति नै कुलमा पूज्य हुन्छ ।

– लाडप्यारले बच्चामा गलत बानीको विकास हुन्छ, उनलाई कडा शिक्षा दिनाले राम्रो बानीको विकास हुन्छ ।

– मानिसको कुलको ख्याती उसको आचरणमा देखिन्छ ।
– कोइलीको सुन्दरता उनको गायनमा हुन्छ । महिलाको सुन्दरता परिवारप्रतिको समर्पणमा हुन्छ । मान्छेको सुन्दरता उनको ज्ञानमा हुन्छ । तपस्वीको सुन्दरता उनको क्षमाशीलतामा हुन्छ ।

– पाँच बर्षसम्मको पुत्रलाई प्रेमले हुर्काउनुपर्छ । दश वर्षसम्म उनलाई कडा नियन्त्रणमा राखनुपर्छ । जब १६ बर्षको हुन्छ, तब मित्रको जस्तो व्यवहार गर्नुपर्छ ।

– संसार एक तितो वृक्ष हो, जसको दुई फल मात्र मीठो हुन्छ, एक मधुर वाणी । दोस्रो सज्जनको संगत ।

– जुन व्यक्तिको पुत्र उनको नियन्त्रणमा हुन्छ, जसकी श्रीमती आज्ञा अनुसार आचरण गर्छन् र जसले आफुले कमाएको धनबाट पूर्ण सन्तुष्ट रहन्छन् । यस्ता मानिसका लागि संसार स्वर्ग समान हो ।

– त्यही गृहस्थी सुखी हो, जसको सन्तान उनको आज्ञा पालन गर्छ । पिताको पनि कर्तव्य हो कि उनले पुत्रलाई राम्ररी पालनपोषण गरेको होस् ।

– यस्ता मित्र मित्र होइनन्, जसमाथि विश्वास गर्न सकिदैन । यस्ती श्रीमती व्यर्थ हुन्, जसबाट कुनै प्रकारको सुख मिल्दैन ।

– जो मित्र आफ्नो अगाडि चिल्लोचाप्लो कुरा गर्छ, पींठ पछाडि नराम्रो कुरा गर्छ, त्यसलाई त्याग दिनु भलाई छ ।

– जुन माता पिताले आफ्ना बच्चालाई शिक्षा दिदैन, ति मातापिता बच्चाको सत्रू समान हो । किनभने विद्याहिन बालक विद्वानका माझ त्यसरी नै तिरस्कृत हुन्छन्, जसरी हाँसको वथानमा वकुला ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...