1478958692 banner ad format

 
 

एलियनसँग भेट्ने वा ड्रागनसँग लड्ने चाहना छ भने तपाइँ चीनको यो पार्क जान सक्नुहुन्छ । चीनको प्रसिद्ध एनिमेसन कम्पनी ओरिएन्टल टाइम्स मिडिया कर्पोरेसनले यो पार्कको निर्माण गरेको हो ।

chinese park

यो भर्चुअल रियालिटी प्रविधिमा बनाइएको छ । तपाइँ जब पार्कभित्र छिर्नुहुनेछ तपाईंलाई सबैखाले भर्चुअल रियालिटी ग्याजेटहरु लगाउन दिइनेछ । अनि तपाईंसामु हुनेछ एक छुट्टै संसार ।चीनको ग्वेझोउ इलाकामा एक थीम पार्क बनाइएको छ । आगामी डिसेम्बरमा यो पार्कको निर्माण पूरा हुनेछ । यो पार्कको विशेषता के भने यहाँका सबै चिज वास्तविक जस्ता लाग्दछन् । अर्थात् तपाइँ छुट्टै संसारमा पुगेजस्तो अनुभव गर्नुहुनेछ । कहीँ एलियन घुमिरहेका हुनेछन् त कहिले तपाइँको अगाडि ड्रागन खडा हुनेछ ।

chinese park1

यो पार्कको आधाभन्दा धेरै काम सकिएको छ । डिसेम्बरमा यो सर्वसाधारणका लागि खुल्ला हुनेछ । यो पार्क बनाउनमा १ खर्ब २० अर्ब रुपैयाँभन्दा धेरै खर्च लागेको छ ।

chinese park5

पार्कको बीचमा १७४ फिट अग्लो फिल्म प्रदर्शन गर्ने ट्रान्सर्फमर मेसिन जडान गरिएको छ, ताकि टाढैबाट देखेर बच्चाबच्चीहरु आकर्षित होउन् ।

३ सय २० एक्कड क्षेत्रफलमा बनेको यो पार्कमा अलग अलग ब्लक छन् । कतै तपाइँले अन्तरीक्षको यात्रा गर्नुहुनेछ त कतै ड्रागनसँग युद्ध ।

chinese park4

 

प्रकासित मिति

Loading...

 

  • kantipathnews Manoranjan miss nepal

    मिस नेपालको २३ औं संस्करण आज

    मिस नेपालको २३ औं संस्करण आज हुँदैछ । काठमाडौंमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा २५ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । नेपालक ...

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

yummyfood