Hidden
कुखराको भालेले तिरायो पाँच लाख जरिवाना
पेरिस । कुरा सुन्दा अनाैठाे लाग्न सक्छ तर एउटा भालेले आफ्नाे मालिकलाइ अदालत धाउन बाध्य पारेकाे समाचार 'ल फिगार' दैनिकले प्रकाशन गरेको छ । मोरिस नामको भाले बिहान चाँडै २३ मिनेटमा २६ पटक बास्नाले छिमेकीहरुलाई 'डिस्टर्भ' भएको भन्दै अदालतमा मुद्दा दायर भएपछि फ्रान्सको एक अदालतले कुखुरा धनीलाई चार हजार युरो (करिब पाँच लाख रुपैयाँ) जरिवाना तोकेको हो ।
फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यीय निवासी निकोला बुसे नामका व्यक्तिको भाले बासेर सवेरै 'डिस्टर्भ' गरेको उल्लेख गर्दै उनकी छिमेकी विमान परिचारिकाले चार हजार युरो मागदाबी गर्दै कुखुरा हटाउन अदालतमा मुद्दा दायर गरेकी थिइन्। अदालतले उनको मुद्दामा सुनुवाई गर्दै मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको छ।
अदालतले मुद्दा दायर गर्ने महिलाको वकिल खर्च छ सय युरो समेत तिरि कुखुराको भालेलाई अबिलम्ब हटाउन आदेश दिएको हो। गत मे २४ का दिन मुद्दा दायर गरिएको थियो। तर कुखुरा धनीले यसमा आपत्ति जनाउँदै सोहि दिन अर्को अपिल दर्ता गराएका थिए।
अपिल कर्ताले आफ्नो अपिलमा कुखुरा फ्रान्सको राष्ट्रिय फुटबल क्लबको चिन्ह भएको, कुखुरापनि प्रकृतिकै एक सृजना भएको, कुखुराले फोहोर खाएर प्रकृति सफा गरिदिनाले मानव हितकालागि आवस्यक भएको उल्लेख गरेका छन्। यदि भाले बासेर 'डिस्टर्भ' गरेको मुद्दा सदर भएमा भोली सुँगा, भंगेरा, गौंथली सबैले दखल पुर्याए भन्दै मुद्दा गर्ने बाटो खुल्ने र त्यसले पैसाकालागि हाम्रो सम्पूर्ण प्रकृति नै सखाप पार्न सक्ने भन्दै यसलाई बदर गर्नुपर्ने तर्क अगाडि सारेका छन्।
(फाइलफाेटाे)
उनको अपिलको सुनुवाई नभएमा गत मे २४ देखि भाले धनीले अहिले नै दिनको ५० युरोका दरले तीन हजार दुई सय युरो रकम र वकिलको खर्च तिर्नुपर्छ।
मुद्दा दायरकर्ता महिलाले आफू विगत दशौं वर्षदेखि उक्त क्षेत्रमा बसिरहेको र छिमेकीले दुई वरष अगाडि मात्रै कुखुरा पाल्न थालेकोले त्यसलाई हटाउनुपर्ने तर्क अगाडि सारेकी थिइन्। यस्तै शहरी क्षेत्रमा बक्लो बस्ती रहेकाले पनि त्यसले अन्यलाई पनि डिस्टर्भ गर्ने तथा एकाबिहानै कराउँदा निद्रा चाँडै खुल्ने र त्यस्ले गर्दा स्वास्थ्यमा पनि प्रतिकुल असर पर्ने जस्ता तर्क गरिएको थियो।
अदालतमा मुद्दा दायर गर्नु अघि छिमेकी विमान परिचारिकाले नगर प्रहरीमा समेत उजुरी गरेकि थिइन्। गत अप्रिलको अन्त्यमा नगर प्रहरीको टोली कुखुरा धनीको घरमा आएर भाले बासेको अनुगमन गरेका थिए। उनीहरुले मोरिस नामको भाले २३ मिनेटमा २६ पटक बास्नाले छिमेकीलाई अशान्ति भएको भन्दै भाले धनीलाई उपाय निकाल्न सुझाव दिएकाे छ ।
यो घटनाका बारेमा फ्रान्सेली मिडिया र सामाजिक सञ्जालमा ब्यापक प्रचार भएपछि कुखुरा धनीका पक्षमा हस्ताक्षर अभियान पनि सञ्चालन भएको छ। भालेको फोटो राखेर 'म भाले, मलाई एक क्लिक गरेर बचाइदिनुहोस्, जनावरको संरक्षणका पक्षमा हो' भन्दै उनीहरुले आव्हान गरेको हस्ताक्षर अभियानमा सोमबार बिहानसम्म झण्डै ८५ हजारले हस्ताक्षर गरिसकेका छन्।
अदालतको निर्णय समग्र जिवजन्तुको बाँच्न पाउने अधिकार विरोधी भएको भन्दै हस्ताक्षरकर्ताले भाले जोगाउन आर्थिक सहयोगको अपिल पनि गरेका छन्।
प्रकासित मिति