tealaya add

कण्डमले तपाईलाई विभिन्न यौनजन्य रोगहरु र नचाहिएको गर्भ रहनबाट बचाँउछ । तर, के तपाईलाई थाहा छ कण्डमको बारेमा यस्ता धेरै रोचक तथ्यहरु रहेका छन् ।

condom

थाहा पाइराख्नुहोस कण्डमको बारेमा यी ८ रोचक तथ्यहरु

१. संसारकै सबैभन्दा ठूलो कण्डम बनाउने रेकर्ड चीनले राखेको छ
सन् २००३ को विश्व जनसङ्ख्या दिवस मनाउने क्रममा चीनले ८० मिटर गोलाइको र १०० मिटर लामो कण्डम बनाएर चीनको गुइलिन स्थित एक होटलको टपमा राखेको थियो ।

२. कण्डम सैनिकहरुको मापदण्डको विषय होे
यो कुरा १९ औं शताब्दीका जर्मन सैनिकहरुको हकमा साँचो हो र सन् १९२७ देखि १९३१ सम्म हरेक अमेरिकन सैनिकहरुलाई पनि कण्डम वितरण गरिन्थ्यो । यसै तथ्यको कारणले तपाई अहिले पनि यो सोच्न सक्नुहुन्छ कि सैनिकको लागि बन्दुक जस्तै कण्डम पनि अत्यावश्यक रहेको छ ।

३. इसापूर्व ११ हजार अगाडी नै कण्डमको प्रयोग गरिन्थ्यो
वैज्ञानिकहरुका अनुसार प्राचिन युगका मानिसहरुलाई पनि कण्डमको बारेमा थाहा थियो । फ्रान्सको गुफाहरुमा भेटिएका प्राचिन पेन्टिङहरुको अध्ययनबाट वैज्ञानिकहरुले यस्तो प्रमाण फेला पारे कि हाम्रा प्राचिन पुर्खाहरुलाई पनि कण्डमको महत्वको वारेमा थाहा थियो । त्यसैले तपाई पनि सधैं कण्डम प्रयोग गर्नुहोस ।

४. एक औसत कण्डममा एक ग्यालेन तरल पदार्थ अट्छ
यदि तपाईले एक सानो प्रयोग गर्न चाहनुहुन्छ भने एक पुरै तन्किएको कण्डममा पानी राख्नुहोस त्यसपछि तपाईले महसुस गर्नुहुनेछ कि यसले ठूलो जग वा क्यान्टिनले भन्दा राम्रो काम गर्नेछ र यो चुहिँदैन पनि ।

५. कण्डमले यौन आनन्द कम गर्दैन्
कण्डम लगाएर यौनसम्पर्क गर्दा यौन सुख कम हुन्छ र तपाईले आफ्नो यौनसाथीलाईसन्तुष्टी प्रदान गर्न सक्दिन अथवा कण्डमको कारणले तपाईको यौन क्षमतामा नकरात्मक असर गर्छ भन्ने सोच्नुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । वास्तवमा यसले यौन सन्तुष्टीमा कमी ल्याँउदैन । यसैगरि विभिन्न खालका कण्डम पाइने भएकोले आजकाल त्यस्तो समस्या छैन् । तपाईलाई फिट हुने विभिन्न साइजका र राम्रो अनुभव दिनको लागि बनाएका विभिन्न ब्रान्डका कण्डम बजारमा उपलब्ध छन् ।

६. कण्डमले यौनसम्पर्क १० हजार गुणा सुरक्षित बनाँउछ 
यदि तपाई एचआईभी लगाएतका अन्य यौनजन्य रोगहरुको शिकार हुन चाहनुहुन्न भने कहिल्लै पनि लापरबाही नगर्नुहोस । कण्डमको प्रयोगले तपाईलाई व्यवहारिक रुपमै कुनै रोगबाट टाढा राख्छ । यस्तो धेरै नै उच्च तहको सुरक्षालाई ध्यान नदिनु साच्चैं नै मुर्खता हुनेछ ।

७. कण्डम सबैभन्दा सस्तो गर्भ निरोधक विधि हो
महिला र पुरुषको लागि अब गर्भ नियन्त्रण र गर्भ निरोधकको लागि धेरै चिन्ता लिनुपर्दैन् । एक कण्डमको मुल्य करिब १० रुपैंया जति पर्छ र सरकारी स्वास्थ केन्द्रहरुमा यो सित्तैमा पनि पाइन्छ । तपाई यसबारेमा सोच्नुहोस र यसलाई आफ्नो जीवनभरको जिम्मेवारी सँग पनि तुलना गर्नुहोस ।

८. ल्याटेक्स कण्डम पत्ता लाग्नु भन्दा पहिले अरु नै सामग्रीहरु प्रयोगमा आँउथे
यदि तपाई ल्याटेक्स कण्डमको बाक्लोपनालाई लिएर गुनासो गर्नुहुन्छ भने यो कुरा सोच्नुहोस कि प्राचिन इजिप्सियनहरुले कण्डमको रुपमा जनावरहरुको थैली प्रयोग गर्ने गर्थे । यसैगरि माछाको छाला, लिनेन, छाला र रेशमको प्रयोग गरि बनाइएका कण्डमहरु पनि प्रयोगमा आएका थिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...