tealaya add

deathmanमृत घोषित गरिएका एक युवक चिहानमा गाड्न लैजादा उठेपछि सबै आश्चर्यमा परेका छन् । मोहम्मद फुरकान नामका ति मानिस भारतको लखनऊमा अन्त्येष्टि समारोहमै उठेका हुन् । उनलाई पुर्नका लागि चिहान खनिएकोमात्र थिएन उनको लास गाड्न ठिक्क नै पारिएको थियो ।

२० वर्षीय मोहम्मद फुरकान दुर्घटनामा परेपछि अस्पतालमा भर्ना गरिएको थियो र केहि स्समयामा उनलाई अस्पतालले मृत घोषित गरेको थियो । जब आफन्तले गाड्नको लागि तयारी गरिरहेका थिए, मलामी आएका केहीले उनको अंग चलेको चाल पाएका थिए ।

तत्काल उनलाई राम मनोहर लोहिया अस्पताल लगियो त्यहाँ डाक्टरहरूले उनी जिउँदो रहेको पुष्टि गर्दै भेन्टिलेटरमा राखेका थिए । “बिरामीको अवस्था गम्भीर छ तर मस्तिष्क मरेको छैन । नाडी चलेको छ, रक्तचाप छ र रिफ्लेक्स काम गरिरहेका छ,” चिकित्सकले भने । -एजेन्सी

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...