1478958692 banner ad format

 
 

काठमाडौं । विगतमा मरुभूमिहरु साँच्नै अनुत्पादक थिए । अर्थहिनजस्तै थिए । मरुभूमिसित मान्छेको डर थियो । तर अब यो विस्तारै हटेको छ । आजकल त प्रायः मानिसहरु मरुभूमिप्रति मोहित पनि भएका छन् ।

desert2

यूरोप महादेशवाहेक विश्वका अन्य सबै महादेशमा मरुभूमि पाईन्छ । विश्वको मानचित्र पल्टाएर हेर्ने हो भने २० डिग्री उत्तरी अक्षांशको बीचमा मरुभूमिको फैलावट छ । सबैभन्दा धेरै भूभाग ओगटेको महादेश अफ्रिका हो । यो महादेशमा प्रसिद्ध साहारा मरुभूमि र कालाहारी मरुभूमि छ । यसले अफ्रिका महादेशको धेरैजसो उत्तरी भू्भाग ओगट्नुका साथै यो मरुभूमिको फैलावट मोरक्को, अल्जेरिया, ट्युनिसिया, लिविया, इजिप्ट, माली, नाइजेरिया लगायतका उत्तर अफ्रिकी ११ वटा देशहरुमा छ ।

कालाहारी अफ्रिकाको नाम चलेको अर्को मरुभूमि हो । यो दक्षिण अफ्रिकाको पश्चिमपट्टी पर्छ । एसिया महादेशमा पनि प्रशस्त मरुभूमिहरु छन् । अरबको मरुभूमि, पर्सियाको खाडी वरिपरिका मरुभूमि, भारत र पाकिस्तानसम्म फैलिएको थार मरुभूमि अनि मध्यएसियाको गोवि मरुभूमि । अरब प्रायद्विप करीब आफैंमा एउटा मरुभूमि हो ।

मध्य एसियामा पर्ने टक्ला मकाप अर्को मरुभूमि हो । यो पहाडहरुले घेरिएको छ । यो एसियाकै मध्यभागमा पर्ने अर्को मरुभूमिभन्दा थोरै भिन्न छ । यो मरुभूमिको धेरैजसो भागहरुमा झाडी र घाँसहरु उम्रिएका छन् । यो मरुभूमिले करीब ६० लाख वर्गमाइल भूभाग ओगटेको छ । भारत र पाकिस्तानमा फैलिएको अर्को मरुभूमि थार मरुभूमि हो । यसले यी दुई लाख वर्ग किमि भूभाग ओगटेको छ । यो मरुभूमिमा पातलो बसोबास छ । यहाँ अति थोरै पानी पर्छ ।

 

अट्टाकामा मरुभूमि दक्षिण अमेरिकामा पर्ने मरुभूमि हो । यो दक्षिण अमेरिकी देश चिलीको एण्डिज पर्वत श्रृङ्खलामा फैलिएको छ । यहाँको जमीन यति तातो छ कि यसको भूभागमा कुनै पनि वनस्पति उम्रन सक्दैनन् । डेथ भ्याली उत्तर अमेरिकामा पर्ने मरुभूमि हो । यो मरुभूमि पनि पहिले पहिले त डरलाग्दो थियो ।

प्रविधिको विकास र नयाँ कुराहरुको खोजले यो डर अब सामान्यीकरण हुँदै गएको छ । अष्ट्रेलियाको पनि एक तिहाइ भाग त मरुभूमिले नै ढाकेको छ, बालुवै बालुवाले छोपेको यो भागमा गर्मी त निकै नै हुन्छ । तथापि वर्षमा एकपटक पानी पर्छ । दिनमा जब घाम लाग्छ, मरुभूमिहरु सुख्खा र शान्त हुन्छन् । जुन लागेको बखत मरुभुमि चाँदीजस्तै टल्कन्छ । अनि रातमा तापक्रम पनि अलिकति घट्छ । घामको तातो राप छल्न लुकेका जीवहरु रातमा बाहिर निस्कन्छन् र आफ्नो आहार खोज्छन् ।

मरुभूमिमा धमिरा, पुतली, झिंगा, कमिला र माहुरीजस्ता कीराहरु त प्रशस्तै पाइन्छन् भने छेपारो र सर्पहरु असंख्य हुन्छन् अनि कतै कतै गोही पाईन्छ । अष्ट्रिच नामको चरा अफ्रिकाको मरुभूमिमा पाईन्छ । मरुभूमिका कुनै कुनै भागहरुमा पानी हुन्छन् र त्यस्ता ठाउँहरुमा केही वनस्पतिहरु उम्रन्छन् । मरुभुमिको धिपधिप बलिरहेको बालुवामुनि संसारका बहुमूल्य सम्पतिको भण्डार लुकेको छ भनिन्छ । हुनत दक्षिण अफ्रिकी देश वत्सावना संसारको सबैभन्दा धेरै हीरा उत्पादन गर्ने देश हो ।

यो देश कालाहारी मरुभूमिमा पर्छ भने अष्ट्रेलिया फलामको भण्डार । विगतमा मरुभूमिहरु साँच्चै अनुत्पादक र अर्थहिनजस्तै थिए भनिन्छ । त्यो बेला मरुभूमिसित मान्छेको डर थियो तर अब यो विस्तारै हटेको छ । यो प्रविधिको विकासले सम्भव भएको हो । अब केही मान्छेहरु मरुभूमिप्रति मोहित पनि भएका छन् । उनीहरु भन्छन्, अचम्म लाग्दो त के छ भने मरुभूमिमा जब पानी पर्छ सुकेकोजस्तै देखिने सिउँदी र अन्य झाडी हरियो भएर जुरुक्क उठ्छन् । – इमेजबाट 

प्रकासित मिति

Loading...

 

yummyfood