annapurna add

TRumpअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति कारोबारका क्षेत्रमा ठूलो नाम छ । उनले विश्वका विभिन्न मुलुकमा सम्पत्ति खरिद गरी विशाल भवन, होटेल, गल्फकोर्स बनाएका छन् । तर, पछिल्लो समय ट्रम्पले विश्वको सबैभन्दा ठूलो टापु नै खरिद गर्ने मनशाय व्यक्त गरेका छन् ।

ट्रम्पले विश्वकै सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड डेनमार्कबाट खरिद गरेर अमेरिकामा गाभ्ने मनशाय व्यक्त गरेपछि अहिले सारा संसार चकितमा परेको छ ।

अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति ट्रम्पले आफ्ना साथीहरुसँग भोजन गर्ने क्रममा संसारकै सबैभन्दा विशाल टापु ग्रिनल्याण्डलाई डेनमार्कसँग खरिद गरी अमेरिकामा गाभ्ने मनशाय व्यक्त गरेका थिए ।

ग्रिनल्याण्ड किन्ने आफ्नो सोचलाई डेनिस प्रधानमन्त्रीले अस्विकार गरिदिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेटे फ्रेडिक्सनको निन्दा गर्दै उनलाई 'खराब' नेता भनेका छन्। ट्रम्पले 'रूखो' ढंगबाट आफ्नो देशको राजकिय भ्रमण रद्द गरेकोमा प्रधानमन्त्री मेटे फ्रेडिक्सनले 'दु:ख लागेको' प्रतिकृया दिएको केही घण्टापछि उनले त्यस्तो प्रतिकृया दिएका हुन्।

डेनिस प्रधानमन्त्रीले ग्रिनल्याण्ड खरिदसम्बन्धी त्यस्तो सम्झौताको सोचलाई 'हास्यास्पद' बताएकी थिइन्। महारानी मार्ग्रेटा द्वितीयले ट्रम्पलाई सेप्टेम्बर दुईमा डेनमार्क भ्रमणको निम्ता दिएकी थिइन्। त्यसलाई रद्द गर्ने ट्रम्पको शैलीले उक्त स्क्यानडिनेभियन राष्ट्रलाई अचम्भित पारेको छ !

उनले आफ्ना सल्लाहकार तथा साथीहरुसँग रात्रीभोजका क्रममा ‘केही हदसम्मको गम्भीरताका साथ’ ग्रिनल्याण्ड खरिद गर्ने कुरा गरेका थिए । त्यस रात्रीभोजमा सहभागीहरुले ट्रम्प ग्रिनल्याण्ड खरिद गर्न गम्भीर छन् वा उनले मजाक गरिरहेका छन्, भन्ने छुट्याउन नसकेको अमेरिकी सञ्चारमाध्यमको भनाइ छ ।

यता डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्याण्डले भने अमेरिकी राष्ट्रपतिको मनशायको चर्को आलोचना गरेको छ । ग्रिनल्याण्डको प्रशासनले ‘आफूहरु व्यापारका लागि खुला रहेको तर, टापु नै बिक्री गर्न भने कदापी तयार नरहेको’ टिप्पणी गरेको छ । अर्कोतर्फ डेनमार्कका पूर्व प्रधानमन्त्री लार्स लोके रस्मुसेनाले पनि ट्वीट गर्दै यसलाई ‘अप्रिल फूलको मजाक’ को संज्ञा दिँदै यसको सम्भावना नरहेको जनाएका छन् ।

के हो ग्रिनल्याण्ड ?

आन्ध्र महासागरको उत्तरमा रहेको ग्रिनल्याण्ड विश्वकै सबैभन्दा ठूलो टापु हो । ग्रिनल्याण्ड डेनिस अधिराज्य अन्तर्गतको स्वतन्त्र क्षेत्रका रुपमा रहेको छ । केबल ५६ हजार जनसङ्ख्या रहेको ग्रिनल्याण्डको अधिकांश हिस्सा हिउँले ढाकिएको छ । यहाँ युरेनियम, कोइला, जिंक, तामा, फलाम लगायतका खनिज पदार्थको ठूलो भण्डार रहेको विश्वास गरिन्छ ।

यहाँ आत्महत्या, बेरोजगारी तथा मद्यपान सेवन पनि अत्यधिक हुने गरेको छ । यसअघि सन् १८६७ मा पनि तत्कालिन अमेरिकी राष्ट्रपति एण्ड्रियू जोनसनले ग्रिनल्याण्ड खरिद गर्नेबारे चासो देखाएको अमेरिकी विदेशमन्त्रालयको अभिलेखमा उल्लेख छ । यद्यपि पछिल्लो समय सन् १९४६ मा तत्कालिन अमेरिकी राष्ट्रपति ह्यारी ट्रयुमनले भने औपचारिक रुपमा नै डेनमार्कसँग १० करोड अमेरिकी डलरमा ग्रिनल्याण्ड खरिद गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव डेनमार्कले अस्वीकार गरेको थियो ।

इतिहासमा अमेरिकाले विभिन्न मुलुकहरुसँग भूमि खरिद गर्दै आएको छ । अमेरिकाले सन् १८०३ मा फ्रान्सबाट २१ लाख वर्गकिलोमिटरको लुइजियानाको भूमि १ करोड ५० लाख अमेरिकी डलरमा खरिद गरी आफ्नो मुलुकमा गाभेको थियो । त्यस्तै, सन् १८६७ मा रुससँग ७२ लाख अमेरिकी डलरमा अलास्का खरिद गरेको थियो । त्यस्तै, सन् १८९८ मा स्पेनसँग २ करोड डलरमा फिलिपिन्स खरिद गरेको थियो ।

पछिल्लो समय सन् १९१७ मा डेनमार्कसँग २ करोड ५० लाख डलरमा वेष्ट इण्डिजमा रहेका टापुहरु खरिद गरी भर्जिन आइल्याण्ड नामकरण गरेको थियो ।बुधवार मध्यान्न ह्वाइटहाउसको बगौंचामा बोल्दै ट्रम्पले फ्रेडिक्सनमाथि रोश पोखेका थिए। उनले भने- "त्यो हास्यास्पद सोच हो भन्ने प्रधानमन्त्रीको भनाई खराब हो। उनले त्यसलाई अस्विकार गरेको भए हुन्थ्यो।" "उनी मसँग बोलिरहेकी छैनन्, उनी अमेरिकासँग बोलिरहेकी छन। अमेरिकासँग त्यसरी बोलिंदैन, कम्तिमा मेरो नेतृत्वमा।"

के हो ग्रिनल्याण्ड किन्ने कुरा ?

डेनिस प्रधानमन्त्रीले यसअघि प्राकृतिक स्रोतहरूमा धनी रहेको उत्तर ध्रूविय टापु बेच्ने कुरा त्यहाँका नेता र आफू दुवैले स्पष्टसँग अस्विकार गरेको बताएकी थिइन्। ट्रम्पले चाहीं यसअघि समेत अमेरिकी राष्ट्रपति ह्यारी ट्र्युमनले ग्रिनल्यानलाई केही राम्रा प्रस्तावहरू गरेको स्मरण गराउँदै उक्त विशाल टापु किन्ने कुरा अगाडी सारेका थिए। ट्रम्पले ग्रिनल्याण्डमा घरजग्जा सम्बन्धी एउटा ठूलो सम्झौता गरेर धेरै कामहरू गर्न सकिने सोच राखेका थिए।

तर त्यसबारे छलफल गर्ने प्रधानमन्त्रीको रूचि नभएकाले आफ्नो भ्रमणको योजना अगाडि नबढ्ने उनको भनाई थियो। सोमबार उनले एउटा ठट्याउलो ट्विट गर्दै ग्रिनल्याण्डका ससाना घरबिच ट्रम्प लेखिएको अग्लो घर नबनाउने बताएका थिए। ग्रिनल्याण्ड डेनमार्कको स्वशासित भूभाग हो। ट्रम्पले एकतर्फी रूपमा भ्रमण रद्द गरे पनि आफूहरूको तयारी चलिरहेको फ्रेडिक्सनले बताएकी थिइन्।

तर उनले भ्रमण रद्द गर्ने ट्रम्पको कदमलाई 'दुर्भाग्यपूर्ण' र 'आश्चर्यजनक' भनेकी छन्। उनले आफूहरूको निम्ता अझै खुला रहेको बताइन्। "ट्रम्पले रद्द गर्ने निर्णय गरेको डेनमार्कको राजकिय भ्रमणले दुई देशबिच रहेको घनिष्ट सम्बन्धलाई असर गर्छ भन्नेमा म विश्वास गर्दिन।" तर दुई नेताका त्यस्ता अभिव्यक्ति आएका पृष्ठभूमिमा दुई देशका विदेशमन्त्रीहरूले भने कुराकानी उत्तरी ध्रूव र अन्य बिषयमा कोपनहेगन र वासिङ्टनबिचको सहकार्य जारी रहने बताएका छन्।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर