tealaya add

काठमाडौँ - सायद अब उनले आफ्नै घरको ट्वाइलेटमा दिसा बस्दा पनि दुईपटक सोँच्नेछिन् । आखिर पर्नु पिर जो परेको छ उनलाई ।

थाइल्याण्डमा एक ४२ वर्षीया महिलालाई आफ्नै घरभित्रको ट्वाइलेटमा दिसा गरिरहेको बेला ट्वाइलेटभित्रैबाट निस्केको सर्पले डसेको छ, त्यो पनि मलद्धार क्षेत्रमै ।

DRAGON bite min

फनारन चैबुन नामकी ती महिलालाई आफ्नै घरको ट्वाइलेटको बाउलमा लुकेर बसेको अजिंगरले डसेको हो ।

सर्पले डसेपछि उनी तत्कालै फायाथी अस्प्तालमा भर्ना भइन् । उनलाई डस्ने सर्प अजिंगर भएको पत्ता लागेपछि डाक्टरहरु ढुक्क भए र उनलाई एन्टी भेनोम औषधि चलाएनन् । किनकी अजिंगर विषालु हुँदैन । तर अजिंगरको टोकेको ठाउँको घाउको भने उपचार गरियो ।

आफ्नो घरको भुइँतलामा एउटा प्वाल रहेको र त्यहीँबाटै अजिंगर छिरेको हुनसक्ने उनले बताएकी छिन् । यो घटनापछि उनकी १५ वर्षीया छोरी घरमा बस्नै डराएकी छिन् । एजेन्सी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...