Dulahiबिहे गराइदिने पण्डितले नै दुलही भगाएका छन्।  भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन्। २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् । मध्यप्रदेशको विदिशा जिल्लामा गत मे ७ मा रीनाले एक युवकसँग बिहे गरेकी थिइन्। त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन्। बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन्। माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागिन्। स्थानीय प्रहरी प्रशासनले पण्डित र युवतीको पहिल्यैदेखि चक्कर चलेको हुनसक्ने अनुमान गरेको छ।

याे पनि पढ्नुहाेस् - बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान इण्डोनेसियामा लागू हुने भएको छ । हो, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ ।मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री(वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ ।

इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् ।

उक्त पाठ्यक्रममा युवाहरुलाई जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिनेछ । ताकि वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न सकियोस् र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस् । साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ ।

यो कोर्स ३ महिनाको हुनेछ । यो पढाई पूरा नगरीकन कुनैपनि युवा बिहेका लागि योग्य हुनेछैन । अर्थात् जसले यो पाठ्यक्रमको पढाई पास गर्नेछ, उसले मात्र बिहे गर्न पाउनेछ । एजेन्सी

याे पनि पढ्नुहाेस् -  कोशी गाउँपालिकाले विवाह गरिदिने, कपडा किन्न एक जोडीलाई २० हजार रुपैयाँ

सुनसरीको कोशी गाउँपालिकाले नौलो आवेदन खुलाएको छ।

balbibah

कर्मचारी मागेको होला भन्ने अनुमान गर्नुभयो भने तपाईं गलत हुनुहुनेछ। किनभने गाउँपालिकाले विवाह गर्न इच्छुकहरूको आवेदन खुलाएको हो। २० वर्ष पूरा भएकाहरूले आर्थिक अभावकै कारण विवाह गर्न पाएका छैनन् भने अब गाउँपालिका सहयोगी बन्ने भएको हो। तर यो सुविधा सबैले पाउने छैनन्।

कसले पाउँछन् त ?

गाउँपालिकाभित्रका विपन्न वर्गलाई यस्तो सुविधा दिन लागिएको गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए।

‘विपन्न वर्गका लागि सामुहिक विवाह आयोजना गरिएको हो,’ उनले भने, ‘गाउँपालिकाभित्रका इच्छुक व्यक्ति वा अभिभावकले मंसिर १७ गतेभित्र नाम दर्ता गराउनुपर्छ।’

कहाँ पुगेर दर्ता गराउने नाम ?

अध्यक्ष अन्सारीका अनुसार इच्छुक वा उनका अभिभावकले घर नजिकको वडा कार्यालय वा गाउँपालिकाको सामाजिक विकास शाखामा नाम दर्ता गराउन सक्छन्।

गाउँपालिकाले विवाहको आयोजना मात्रै गरिदिएको होइन। खर्च पनि जुटाइदिन्छ। ‘गाउँपालिकाले विपन्न वर्गका लागि विवाहमा सहयोग गर्न १५ लाख रूपैयाँ बजेट नै विनियोजन गरेको छ,’ उनले सेतोपाटीसँग भने।

कोशी गाउँपालिकाभित्र मुश्लिम र हिन्दु धर्मावलम्बीको बसोबास छ।

गरिबीकै कारण विवाह गर्न अप्ठेरो परेको अनुभव गरेपछि गाउँपालिकाले नै बजेट विनियोजन गरेको अध्यक्ष अन्सारी बताउँछन्। ‘गरिबीकै कारण विवाह गर्न बाबुआमालाई गाह्रो परेको पनि छ,’ उनले भने, ‘जो आउँछ उसैलाई छोरी दिँदा बालविवाह हुने गरेको छ। उमेर नपुगी हुने विवाहलाई पनि अब निरूत्साहित गर्छौं।’

कोशी गाउँपालिकाभित्रका बस्तीमा उमेर नै नपुगी विवाह गर्नेको संख्या विगतमा धेरै भएको उनले जानकारी दिए। ‘बाल विवाह रोक्नका लागि पनि यो योजना प्रभावकारी हुनेछ,’ उनले भने।

गाउँपालिकाले विवाहका लागि दुलाहा-दुलही भने खोज्दैन। तर लत्ताकपडा र भोजका लागि भने सहयोग गरिदिन्छ।

‘विवाह गर्ने जोडीका लागि आवश्यक पर्ने लत्ताकपडा र जन्तीका लागि भोजको व्यवस्था गाउँपालिकाले गरिदिने हो,’ उनले भने, ‘कपडा खरिदका लागि दुलाहा-दुलहीलाई दश/दश हजार रुपैयाँ दिन्छौं।’

यस्तो खर्च पाउन दुलाहा वा दुलहीमध्ये एक गाउँपालिकाभित्रकै हुनुपर्ने नियम बनाइएको उनले जानकारी दिए।

विवाहका लागि नाम दर्ता गराउँदा नागरिकताको फोटोकपी पनि पेस गर्नुपर्नेछ। ‘विवाह गर्ने केटा-केटीकै नागरिकताको फोटोकपी फारमसँगै पेश गरेको हुनुपर्छ,’ उनले भने।

यस्तो विवाहमा सहभागी हुनेहरूले तामझामका साथ धेरै संख्यामा जन्ती भने ल्याउन पाउने छैनन्।

‘दुलाहापट्टीले जम्मा ५० जना जन्ती ल्याउन सक्छन्,’ अध्यक्ष अन्सारीले भने।

गाउँपालिकाले विवाह गर्ने समय पनि तोकेको छ। ‘विवाहको धेरै लगन हुने महिना मंसिर र वैशाखमा सामुहिक विवाह गराइदिने हो,’ उनले भने। मंसिर पहिलो साता पहिलो चरणमा विवाह गर्ने कार्यक्रम राखे पनि कसैले आवेदन दिएनन्।

‘हाम्रोतिर राति विवाह गर्ने चलन छ। अहिले जाडो भएर पनि विवाह कम भएको हुनसक्छ। वैशाखमा विवाह गर्नेहरू आउलान्,’ उनले भने, ‘अहिलेसम्म कुनै जोडी विवाहका लागि आवेदन दिन आएका छैनन्।

थप समाचार पढ्नुहाेस्  :

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा

 कालापानी विवादबारे चीन बोल्यो

निशान छापमै नेपालको नक्सा गलत, सरकार भन्छ- गुगलबाट तान्दा यस्तो भयो  

नक्सा विवादबारे सिरहामा भारत सरकार विरुद्ध प्रदर्शन ...

अतिक्रमित नक्सा : भारतले नेपालको सिमा मिचेको बारे रबि लामिछाने आक्रोश, लेखे यस्ताे कडा स्टाटस 

भारतमा ब्रिटिस हुँदा निकालेको नक्सा बीबीसीले बाहिर ल्याएपछि विश्वभरी तहल्का, मोदी तनाबमा 

 यस्ताे पाे रैछ नेपालको खास नक्सा  

नेपाल भारत नक्सा विवाद, के गर्दैछ नेपालको नापी बिभाग ? ...

भारतीय अधिकारीको दाबी : कालापानी पहिलादेखि नै भारतको नक्सामा छ 

नक्सा विवादबारे प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक 

भारतलाई इन्काउन्टर : लिम्पियाधुरासहितको नेपाली नक्सा सार्बजनिक गर्न सरकारलाई निर्देशन ! ...

नक्सा विरुद्ध प्रदर्शनकाे भिडियाे खिचेकाे भन्दै पत्रकार बराल पक्राउ ...

अतिक्रमित नक्साबारे मन्त्री बाँस्कोटाको चेतावनी: कसैले बलको तागत नदेखाए हुन्छ ...

नेपालले भारतिय नयाँ नक्साको कडा बिरोध गरेकै बेला पाकिस्तानले दियो भारतलाई फेरी यस्तो कडा चेतावनी ...

नक्सा अतिक्रमणविरुद्ध विश्वभर विरोध, मलेसिया र युरोपबाट आयो यस्तो डर लाग्दाे चेतावनी ...

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी ...

अतिक्रमित नक्सा : दशगजा क्षेत्रमै गएर भारत विरुद्ध प्रदर्शन ...

नक्साबारे भारतले भन्यो – ‘लिपुलेक हाम्रै हो, नेपालले नमाने केही फरक पर्दैन’ ...

 अतिक्रमित नक्सा : भारतविरुद्ध के-के छापिए आजका पत्रपत्रिकामा ? 

अतिक्रमित नक्सा : राज्यव्यवस्थाले प्रधानमन्त्री बोलाउने 

 भारतले भन्यो : नयाँ नक्सामा नेपालको कुनै पनि भूमि राखिएको छैन ...

अतिक्रमित नक्सा : परराष्ट्र मन्त्रालयले निकाल्यो बेनामे विज्ञप्ति, नाम, हस्ताक्षर, पद अनि दर्ता नं. खै त ? ...

अतिक्रमित नक्सा : नेपाल सरकारले भन्यो, कालापानी हाम्रो हो( विज्ञप्तिसहित ) 

नेपालको पक्षमा पाकिस्तान : भारतको नयाँ नक्सालाई अस्वीकार गर्ने ! 

 अतिक्रमित नक्सा : लिपुलेकमा भारतीय हस्तक्षेपबारे नायिका रेखा थापाकाे यस्तो कडा स्ट्याटस  

अतिक्रमित नक्सा : कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि चिरत्र्जीवी आक्रोशित 

 भारतीय दादागिरी कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि थपलिया आक्रोशित 

भारतले कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि बैद्य आक्रोशित( विज्ञप्तिसहित )

अतिक्रमित नक्सा : विप्लवले प्रधानमन्त्रीको पुत्ला जलाऊँदै, सयुक्त राष्ट्रसंघमा ध्यानाकर्षण गराउने ! 

भारतले सार्वजनिक गरेको नक्साप्रति कांग्रेसको आपत्ति 

 भारतको नयाँ नक्सामा कालापानी भारतभित्रै परेपछि नेपालको प्रतिक्रिया यस्तो 

भारतको नयाँ नक्सा : पाकिस्तानद्वारा अस्वीकार 

नेपालको नक्सा समेत भारतीय सरकारले बनाइदिन्छ: मोहन वैद्य 

सुदूर अछामको आकाशमा भारतका दर्जनौ फाइटर विमान, किन मौन छ नेपाल सरकार , स्थानीय त्रसित ?

भारतीय हस्तक्षेपको बिरोधमा इलामको मंगलबारेमा प्रदर्शन

नेपाल देशको नक्सा जथाभावी बनेपछी.. ...

बल्ल तात्यो सेना, विवादित सिमा अध्ययन गर्ने !

प्रधानमन्त्रीको प्रस्ताब : नेपालको तर्फ बाट भारतसँग माधब नेपालले वार्ता गरुन !

मोदीजी बरु गर्धन छिनिएला तर लिपुलेक-कालापानी छोड्दैनौं

 भारतीय दादागिरी : अछामको आकाशमा लस्करै भारतीय फाइटर विमान !

प्रचण्ड : सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता - बंगलादेशका राष्ट्रपति

सीमाका बासिन्दालाई बाटो छैन

सिमानामा बाटो छैन, सरकारलाई चिन्ता छैन !

पुरा पढ्नुहाेस् -https://www.kantipath.com 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर