tealaya add

edd boiled waterअण्डा उसिनेपछिको  पानी हामी फाल्छाैँ  तर यसलाई फाल्नुको साटो  पुनः प्रयोग गर्न सकिन्छ । बगैंचा तथा नर्सरी विशेषज्ञहरुका अनुसार बिरुवालाई नाइट्रोजन, फोस्फरस, सोडियमका साथै क्याल्सियमजस्तो मिनरल्सहरुको आवश्यकता हुन्छ यस्ता कुराहरू अण्डा उसिनेपछिको  पानीमा पाउन सकिन्छ ।

अण्डा उमालिएको पानीमा मिनरल्सलगायतका तत्व हुन्छन् जसले बिरुवालाई खानेकुरा बनाउन सहयोग गर्दछ । यसमा हुने अर्गानिक क्याल्सियमले बिरुवाको जरा बलियो बनाउँछ । अपार्टमेन्ट अथवा घरका कोठाहरुमा राखिएको बिरुवालाई सिधै सूर्यको प्रकाश मिल्दैन । यस्तो अवस्थामा तपाई अण्डा उमालिएको पानी राख्दा बिरुवा छिट्टै हुर्कन मद्दत पुग्दछ ।

कम्तिमा महिनामा एकपटक बिरुवामा अण्डा उमालिएको पानी हाल्दा बिरुवा छिट्टै हुर्कन्छ । अण्डा उमालिएको पानी चिसो भएपछि यसलाई बिरुवामा राख्नुपर्छ ।अण्डा उमालिएको पानी बिरुवाको लागि औषधीजस्तै हो । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर