1478958692 banner ad format

 
 

संसारकै सबैभन्दा बढी तौल भएकी चर्चित महिला एमान अहमदको निधन भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित बुर्जिल अस्पतालले उनको मुटु र मिर्गौलाको इन्फेक्सनका कारण मृत्यु भएको जनाएको छ । उनि लामो समय देखि उच्च रतचाप र मधुमेहको रोगि भएको बताइएको छ ।

Eman Ahmed died

एमानको उपचार २० जना चिकित्सकहरूको टोलीले गरिरहेको थियो । एमानको तौल ५ सय किलोग्राम थियो । उनी केही समयअघि शल्यक्रिया गरेर तौल घटाउन भारत आएकी थिइन् । एमान मिश्रकी नागरिक हुन् । यसै वर्षको जनवरीमा उनी आफ्नो तौल कम गराउन भारत आएकी थिइन् । एमानको मुम्बईको सेफी अस्पतालमा उपचार भएको थियो । भारतीय डाक्टरहरूले उनको सफल शल्यक्रिया गरेर तौल घटाएको दाबी गर्दै आएका थिए ।

डाक्टरहरूले उनको शल्यक्रियापछि तौल घटाएर ५ सय किलोग्रामबाट २ सय ५० किलोग्राम बनाएको बताएका थिए । यद्यपि एमानकी बहिनीले भारतीय चिकित्सकहरूले पुरै झुठो बोलेको आरोप लगाएकी छन् । अस्पतालले एमानकी बहिनीको भनाइको खण्डन गरेको छ ।

मुम्बईमा शल्यक्रियापछि एमानलाई युएईको राजधानी अबुधावी लगिएको थियो । शल्यक्रियाअघि उनी २५ वर्ष घरबाट बाहिर ननिस्किएको बताइएको छ । एमानभन्दा अघि सबैभन्दा बढी तौल भएकी महिला अमेरिकाकी पोलिन पाटरलाई मानिन्थ्यो । उनको तौल २ सय ९२ किलोग्राम थियो । यो रेकर्ड सन् २०१० मा गिनिज बुकमा दर्ता भएको थियो ।

प्रकासित मिति

Loading...

 

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

  • Kantipathnews New Nepali Lok Dohori Song Dhaulagiri himal ko chhaya By Basanta Thapa & Bishnu Majhi

    पन्तको ‘धौलागिरि हिमालको छाया कहाँ होला ?’

    डाँडै फुर्के सल्लो, मायालुको शहरमा, पिरतीको खाममा, मेरो गाउँमा घर छ, शुभविवाह लेखेको मिनीबस लगायतका गीतबाट निकै ख्याति कमाएका तथा ...

yummyfood