annapurna add

footbaaallफुटबल संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो । यो एउटा सामुहिक खेल हो र यसलाई ११/११ खेलाडीहरुको दुई समुह बीच खेल्ने गरिन्छ । फुटबललाई सामान्यत: एउटा आयताकार घाँस वा कृत्रिम घाँस भएको मैदानमा खेलिन्छ जसको अन्तिममा एउटा गोलपोस्ट हुन्छ ।

खेलाडीहरुद्वारा विरोधी समुहको गोलपोस्टमा आफ्नो चालाकीले भकुण्डोलाई गोल गर्नुनै यस खेलको उद्देश्य हो ।

खेलमा गोलरक्षक नै एउटा मात्र यस्तो खेलाडी हुन्छ जसले भकुण्डोलाई रोक्न अथवा बचाउनका लागि आफ्नो हात प्रयोग गर्न अनुमति हुन्छ ।

समुहको बाँकी खेलाडी प्रायजसो भकुण्डोलाई हिर्काउनका लागि आफ्नो खुट्टाको प्रयोग गर्छन । जुन समुह खेलको अन्त वा समय समाप्ति सम्म बढी गोल गर्न सफल हुन्छ त्यहि टिम विजय घोषित हुन्छ ।

हेरौं फुटबलसंग सम्बन्धित केहि रोचक तथ्यहरु :

१. धेरै विज्ञहरूका अनुसार मूल फुटबलको शुरुआत चीनमा इसा पुर्व ४७६ तिर शुरू भएको थियो, जहाँ यसलाई कुजु भनेर चिनिन्थ्यो।

२. विश्वमा २६ करोड भन्दा बढि खेलाडीहरू छन्, र अनुमानित ४ अर्ब मानिसहरूले यस खेललाई हेर्छन् , जसले निस्सन्देह नै यसलाई विश्वको सबैभन्दा लोकप्रिय खेल बनाउछ।

३. बास्केटबलको पहिलो खेल १८९१ मा फुटबलको साथ खेलिएको थियो।

४. विश्वको ५० -७० प्रतिशत फुटबल पाकिस्तानमा निर्माण गरिन्छ । सियालकोटले १९८२ देखि विश्वकपका लागि बलहरू उत्पादन गरिरहेको छ।

यहाँ मुख्यतया हातले सिलाइएको फुटबलहरू उत्पादन गर्दछन् जबकि चीनले मेशिनले सिलाइएका उत्पादन गर्छन्। हातले सिलाइएको फुटबलहरूको गुणस्तर राम्रो र उच्च मागमा छ। ठुला खेलकुद कम्पनीहरू नाइक , पुमा, एडिडासले पनि पाकिस्तानमा आफ्नो फुटबल निर्माण गर्छन्।

५. विश्वको सबैभन्दा ठूलो रङगशाला उत्तर कोरियाको राजधानी प्योंगयांगमा छ । रुङ्गग्राडो मे १ स्टेडियम नाम गरेको यो रङगशालामा १.५ लाख दर्शकहरु अटाउने क्षमता छ।

६. इन्ग्लिश प्रेमिएर लीग २०१८/२०१९ सिजनमा हेरिएका विश्वभरिका दर्शक जोडदा ३.२ अर्ब पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले धेरै हो।

७. प्रत्येक खेलको बखत, प्रोफेशनल फुटबल खेलाडीहरूले औसतमा ९.६५ किमि कुद्छन् ।

८. पेरूमा सन् १९६४ मा एक फुटबल खेलको समयमा रेफ्रीको निर्णयले एउटा दंगा निम्त्यायो जसमा ३०० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए र ५०० भन्दा बढी मानिस घाइते भएका थिए।

९. सबैभन्दा बढी दर्शकको उपस्थिति १९५० मा माराकाने स्टेडियममा रहेको थियो जहाँ २ लाख मानिसहरूले  थिए।

१०. दोस्रो विश्वयुद्दका कारण सन् १९४२,१९४६ र १९५० मा वर्ल्डकप हुन सकेको थिएन ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...