tealaya add

काठमाडौँ -बिश्व भर पेट्रोलियम पदार्थ प्रयोग गर्दा उत्पन्न हुने कारबन डाईअक्साइड लगायतका हानिकारक ग्यासहरुको उत्सर्जनलाई कमि गर्न अनेकौ प्रयास भईरहेका छन् । त्यस्तै चीन लगायतका केहि देशहरुले अब इलेक्ट्रिक कारहरु मात्र उत्पादन गर्ने घोषणा गरिसकेका छन् । 

India solar train service min

यहि सिलसिलामा भारतले बिश्व कै पहिलो सोलार रेल सेवा संचालन गरेको छ । भारतीय रेलमंत्री सुरेश प्रभुले गत हप्ता यस्तो रेलसेवाको उद्घाटन गरेका हुन्। दिल्लीको सराय रोहिल्ला स्टेशनबाट हरियाणाको फारूख नगर स्टेशनमा चल्ने यस रेलमा कुल ८ डिब्बा छन्  ।

हरेक डिब्बामा १६ सोलार पेनल जडान गरिएको छ  । भारतले मेक इन इन्डिया अभियान अन्तर्गत ४५ लाख भारतीय रुपियाँको लागतमा रेलमा सोलार पावर जडान गरको हो  । सोलार प्यानलको कुल क्षमत ४.५ किलोवाट रहेको छ।  हरेक डिब्बामा १२० एएच क्षमताको ब्याट्री छ। उक्त रेलमा ब्याट्री व्यक अप पनि रहेको छ जसले ७२ घण्टासम्म रेल कुद्न सक्छ  ।साथै रेलको इन्जिन अरु इन्जिन जस्तै डिजेल हालेर पनि प्रयोग गर्न सकिन्छ  । डिजेल र ब्याट्रीको प्रयोग भने घाम नलागेको बेलामा मात्र प्रयोग हुनेछ । 

यसबाट हरेक हरेक बर्ष करीब नौ लाख टन कार्बन उत्सर्जनमा कमी आउने र २१ हजार लिटर बचत हुने भारतीय रेलवेले बताएको छ। आगामी बर्षहरुमा सबै रेलमा सोलार प्यानल जडान गरिएपछि हरेक रेलले ५ लाख लिटर भन्दा बढी डिजल बचत हुने छ । पुरै परियोजना समाप्त भएपछि ७०० करोड रुपियाँ बचत हुने भारतीय रेलवेको अनुमान छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...