विश्वमा हरेक प्रकारका अनौठा घटनाहरु हुने गर्दछन्, कुनै घटना यस्ता हुन्छन हामीलाई आश्चर्य पार्न सक्छन हामीले कहिले सोच्न नसकेका घटना हरु हुने गर्छन विश्वमा भएका केहि रोचक कुरा हरु पढ्नुहोस 

भ्रष्टाचारी छिर्न नपाउने बिश्वकै अनौठो मन्दिर

bhastrachari mandir

धेरैजसो देशमा भ्रष्टाचार हुने गरेको छ । भ्रष्टाचार गर्नेहरुले धेरै सम्पति थुपार्ने पनि गर्छन । भ्रष्टाचार गर्नेहरु घर र कार्यलयबाट निष्कासन गरिएको पनि सुनिएको छ । भ्रष्टाचार गर्नेलाई कुनै कार्यलयले प्रबेश निषेध पनि गरेको सुनिएको छ ।

त्यस्तै कहि भ्रष्टाचार गर्नेलाई मठ मन्दिर, मस्जिदलगायतका धार्मिक स्थानमा पनि प्रबेश गर्न दिइएको पनि हुदैन । एउटा यस्तो मन्दिर पनि छ जहाँ भ्रष्टाचार गर्नेहरुलाई प्रबेशमा रोक लगाइएको छ । भ्रष्टाचार गर्ने छिर्न नपाउने उक्त अनौठो मन्दिर भारतको उत्तर प्रदेशस्थित कानपुर विश्वविद्यालयको पछाडिपट्टि रहेको छ ।

उक्त मन्दिरमा भ्रष्टाचारी मात्र होइन कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरुलाई पनि प्रबेश गर्न दिइदैन । उक्त मन्दिरको नाम भ्रष्टतन्त्र विनाशक शनि मन्दिर हो । उक्त मन्दिरमा ब्रम्हा र हनुमानको मुर्ति राखिएको छ । निजि जग्गामा बनाइएको उक्त मन्दिरमा शनिदेवताले निगरानी गरून् भन्नाका लागि मन्दिरमा विभिन्न सरकारी अधिकारी, मन्त्री, न्यायाधीशको तस्वीर राखिएको छ ।

२०१८ मा उडान भरेको विमान २०१७ मा अवतरण

2018 bimanविश्वव्यापी रुपमा देश अनुसार समय परिवर्तन हुने गर्छ । पूथ्वीले सूर्यको चक्कर लगाउने क्रममा विभिन्न ठाउँमा समय परिवर्तन हुने गर्छ । यसैक्रममा हवाईयन एयरलाइन्सले २०१८ मा उडान भरेको थियो तर त्यस विमानले २०१७ मा अवतरण गर्नेगर्छ ।

हवाईयन एयरलाइन्सको फ्लाइट नम्बर एच ए ४४६ विमानले अकल्याण्ड देखि होनुलुलु सम्मको उडान भर्ने क्रममा समय भन्दा पूर्व अवतरण गर्दछ । त्यस विमानले न्यू एयर इभमा ११ : ४५ पि एममा उडान भर्छ र सोहि दिन ९ः४५ मा अवतरण गर्दछ । त्यस विमानको उडान करिब २३ घण्टाको हुने गर्दछ । यस्तो प्रकारको अवतरण गर्ने अर्को विमानहरु पनि रहेको छ जसले समय भन्दा पूर्व अवतरण गर्दछ ।

एयर न्यूजील्याण्डले एक जनवरी करिब १०: २५ एम मा उडान भरेर ३१ डिसेम्बर करिब ४ः२५ पि एम मा अवतरण गर्दछ । मानिसहरुलाई यस्ता प्रकारको विमानमा उडान भर्न मजा आउने गर्दछ ।

युवकको कानमा दशवटा साङ्लेकीरा पसेपछि

cocratch

कानमा किरा परिहाले के गर्ने ? त्यतिबेला मानिस आत्तिन सक्छ । यस्तै भएको छ एउटा युवकलाई । उनको कानमा साङ्लेकिरा परेको छ । २४ वर्षिय युवकको कानमा साङ्लो किराको एक परिवार नै प्रवेश गरेछ ।

साङ्लेकिराको परिवाले कानमा बास बनाएको युवकलाई कुनै पत्तो नै भएन । कान बेसरी दुख्न थालेपछि कसैलाई लाइट बालेर हेर्न लगाए र बल्ल थाहा भयो उक्त किराले भित्र नै घर बनाएर बसेको रहेछ । यो थाहा पाएर ती युवा स्तव्ध भए ।

आफुलाई बेस्सरी दुखेको र भित्र भित्रै केहि चलेको जस्तो लागेको स्थानिय डाक्टरलाई बताएपछि भित्र हेर्दा त १० भन्दा बढि साङ्लेकिराको बच्चा र साङ्लेकिराको एउटा माऊ पनि भेटियो । ती डाक्टरले सबै किरा निकालिदिए । युवकलाई भने खानेकुरा ओछ्यानमा बसेर नखानु र नराख्नु, यसरी राख्दा यस्ता समस्या आउँने गर्छ । ती युवकलाई त्यो किरा कहिले र कसरी आयो थाहा नै भएन ।

महिलाहरुले मात्र शासन गर्ने अनौठो देश


बिश्वको धेरै देशमा पुरुषले नै शासन चलाउने गरेका छन् । बिश्व समाजमा नै महिला अन्यायमा परे भनेर आवाज पनि उठ्ने गरेका छन् । तर बिश्वमा यस्तो देश पनि छ जहाँ पुरुषले होइन महिलाले शासन चलाउने गर्छन् । अदरवर्ल्ड किंगडम नाम गरेको देशमा पुरुषले नभई महिलाले शासन चलाउने गर्छन् । त्यहाका पुरुषहरु गुलामी गर्न बाध्य छन् ।

यस देशमा रानीले शासन चलाउने हुनाले त्यहाका पुरुषहरु महिलाको गुलामी गर्छन् । यो देश सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको हो । अहिले सम्म स्वतन्त्र राष्ट्रको मान्यता नपाएको यो देशमा प्याट्रिसिया प्रथम नाम गरेकी रानी छिन् । यस देशमा पुरुषले महिलाको आदेश बिना कुनै काम गर्दैनन् । यदि पुरुषहरुले आफुखुशी काम गरेमा कानुन लाग्छ । यस देशमा महिलालाई पहिलो दर्जामा राखिन्छ ।

६० हजार सिँढी चढेर जानुपर्ने होटल

hotel
बिश्वमा धेरै घुम्न लायक ठाउँहरु छन् । घुम्न रुचाउने मानिसहरु बिश्वका अनौठा ठाउँहरुमा घुम्ने गर्छन् । घुम्दै जाने क्रममा मानिसहरुले सुबिधा सम्पन्न होटलहरुमा पनि बस्न रुचाउने गर्छन् । बिश्वमा घुम्न आउने मानिसहरुका लागी अनौठा होटलहरु खुलेका छन् । यस्तै एक अनौठो होटल चीनमा छ ।

चीनमा रहेको उक्त अनौठो होटलमा जान ६० हजार सिँढी चढ्नु पर्दछ । चीनको येल्लो माउन्टेनमा रहेको उक्त होटलमा धेरै मानिसहरु पुग्ने गर्छन् । जेड स्क्रिन होटल नाम गरेको उक्त होटलमा धेरै नै मानिसहरु कष्ट गरेर भए पनि पुग्ने गर्छन् । पहाडमा १८३० मिटर उचाईमा रहेको उक्त होटलमा ६० हजार सिँढी चड्नु निकै अनौठो कुरा हो । उक्त होटलबाट हंगशन पर्वतीय श्रृंखलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

उक्त होटल वरीपरी १५ सय वर्ष पहिलेका पुराना सल्लाका रुखहरु छन् । उक्त सुविधासम्पन्न होटलमा स्पा तथा स्विमिंग पुल पनि छ । त्यहाँ जान चाहानेहरुलाई भरियाले बोकेर पूराउने सुविधा पनि छ । त्यहा जान केबुल कार पनि छ । उक्त होटलमा ६५ वटा सुविधासम्पन्न कोठाहरु छन् ।

४ हजार बर्षदखि निरन्तर बलिरहेका पहाडको आगोको रहस्य

aago
बिश्वमा पत्याउनै मुश्किल तर सत्य कुराहरु धेरै छन् । तपाईलाई सुन्दा अनौठो लाग्न सक्छ । तर यो सत्य हो । अजरवैजानको यानार डागको एक पहाडमा झण्डै ४ हजार बर्षदेखि बत्ति बलिरहेको छ । लामो समयदेखी ननिभेको यो आगो हेर्न धेरै पर्यटक पनि आउने गर्छन् ।

निरन्तर आगो देखिने यो पहाडलाई आगोको भूमि भनेर पनि चिनिन्छ । खासमा यस पहाडमा प्राकृतिक ग्याँसको भण्डार रहेकोले आगो निरन्तर बलिरहने बताइएको छ । यस क्षेत्रमा ठूलो ग्याँस भण्डार रहेकोले उक्त आगो बल्ने गरेको वैज्ञानिकले अनुसन्धानबाट बताएका छन् । यहाँ बलेको आगो पानी र आँधी आएपनि निभाउदैन ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...