tealaya add

duita tauko bhayeko

काठमाडौ। जनकपुरमा दुईटा टाउको भएको एक बच्चा जन्मिएको छ।जनकपुरधाम स्थित मिहिलाल इन्टरनेश्नल हस्पिटलमा एक महिलाले २ वटा टाउको भएको बच्चा जन्माएकी हुन् ।

सिरहाको कर्जन्हा नगरपालिकाको बल्टियामा घर भएकि २५ वर्षीया सविता वैद्यले दुईवटा टाउको भएको अनौठो बच्चा जन्माएकी हुन्।बच्चाको दुई टाउको, चार आँखा र चार कान रहेको छ । जन्मेको एकै घण्टापछि बच्चाको मृत्यु भएको हो।

हिजो बेलुका साढे ५ बजे बच्चाको जन्म भएको अस्पतालले जनाएको छ।६ महिनाकी गर्वभती सवितालाइ दिउँसो २ बजेदेखि पेट दुख्न थालेपछि भर्ना भएपछि ४ बजे अस्पतालमा डा. रुबि सिंहले सफल शल्यक्रिया गरी दुईवटा टाउको भएको बच्चालाई बाहिर निकालेको अस्पताल प्रमुख रामबाबु यादवले जानकारी दिए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...