Hidden
यी हुन् जोन पिटर, खाजामै खान्छन आधा किलो गड्यौला !
सबैभन्दा धेरै किरा फट्यांग्रा खाने विषयमा विश्व किर्तिमान भारतको तमिल नाडुस्थित कोइम्बटोरमा बस्ने २७ वर्षका जोन पिटरले राखेका छन् ।
उनको दिन किरा फट्यांग्रा खाएरै बित्ने गरेको बताउछन । बिहानको खाजामा डोसा र आधा किलो गड्यौला खाने गरेको उनि बताउछन । लञ्चको रुपमा सागपात र गड्यौला भरेको स्याण्डविच खाने गरेको बताउछन, यी सबै खाने कुरा तयार भने उनकी आमाले नै गरिदिने गर्छिन ।
दिउसोको स्न्याकको रुपमा १० देखि २० वटा सम्म छेपारोहरु हजम गर्छन् । बेलुकीको स्न्याकमा साङला र कमिला खान्छन् । अनि डिनरमा दाल भातका साथै घाँसे फट्याङग्रा र ड्रागन फ्लाई ।
घाँसे किरा, साङला, कमिला तथा माकुरा पनि उनका दैनिक भोजन हुने गरेको छ । उनलाई भ्यागुता, चिप्लेकिरा, किर्ना खानपनि उत्तिकै मन पर्ने बताउछन ।
उनी हप्ताको एक दिन विशेष भोजनको रुपमा बिच्छी खाने गर्छन् । टेलिभिजन श्रृंखला म्यान भर्सेस वाइल्डबाट प्रभावित भएर १५ वर्षको उमेरदेखि नै उनले किट पतंग खान थालेका थिए ।
प्रकासित मिति