tealaya add

 एजेन्सी। भारतको राजस्थानको आदिवासी जिल्ला बाँसवाडाको कान्लिजर थाना क्षेत्रमा एक प्रेमी जोडीलाई निर्वस्त्र घुमाएको र मारपीट गरेको मुद्धमा १८ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरुमा युवक-युवतीका पिता, हजुरबुबा र अन्य नातेदार सामेल छन्।

RochakBichitra lover

कचरु र मोनिका नामका युवक-युवतीको प्रेम कथा दुई वर्ष पहिले गुजरातमा मजदूरी गर्दै गर्दा देखि सुरु भएको थियो। दुवै बाँसवाडा जिल्लाको एकै ठाउँका वासिन्दा हुन, तर अलग-अलग जातका हुन।

कचरुले बीबीसीलाई भनेअनुसार, आफ्नो आमाबावुसंग विवाहको कुरा भन्ने हिम्मत भएन, किनकी उनलाई डर थियो कि ‘उनीहरु मान्नेछेनन्’। तर घरकाले उनको प्रेम प्रसङ्गको खबर पायो। प्रहरीको अनुसार विवाहको कुरा चलेपछि दुवै फरार भए तर घरकाले समातेर फिर्ता ल्याए।

अलग-अलग जातको हुनाले गाउँको बदनाम भएको मान्दै र सबक सिकाउन भन्दै दुवैलाई निर्वस्त्र गरि गाउँ घुमाए। केहीले यसको भिडियो बनाए, जुन भाइरल भएपछि बल्ल प्रहरीले घटनाबारे थाहा पायो।

यो घटना पछि युवतीको नातरा एक अर्को युवकसंग गरियो। जसमा पाँच हजार लिइयो र कुल ८० हजार रुपैया करार गरियो। नातरा एक आदिवासी प्रथा हो, जसमा पैसाको लेनदेन पश्चात स्त्री-पुरुष पति-पत्नी जसरी रहन सक्छन्।

मोनिका पनि आफुले आमा-बाबुसंग कुरा गर्न हिम्मत जुटाउन नसकेको बताउँछिन्।’ आफ्नो सहयोग गर्ने कोही नभएको भन्दै कचरुसंगै बस्ने बताउँछिन्।

कचरु र मोनिका दुवैको शुक्रबार बयान लिइनेछ। युवक पक्षको सन्तोषजनक बयान दर्ता भए युवतीले उसंग जाने अनुमति पाउनेछिन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...