1478958692 banner ad format

 
 

इन्डोनेसिया । प्रेममा उमेरको छेकवार हुँदैन भनिन्छ । यो उक्तिलाई इन्डोनेसियाको एक जोडीले चरितार्थ गरेका छन् ।

love marriage

१५ वर्षका एक बालकले ७३ वर्षीया बृद्धासँग प्रेम विवाह गरेर यो उक्तिलाई चरितार्थ गरेका हुन् । यी दुबैबीच केही वर्षदेखि प्रेम सम्बन्ध चुलिएको थियो । विवाह गर्न नपाउँदा दुबैले आत्महत्याको धम्की दिएका कारण कानून विपरीत पनि यो जोडीलाई विवाहका लागि अनुमति दिइएको बताइन्छ ।

समाचार एजेन्सीहरुका अनुसार १५ वर्षीय सेलामत रियादीलाई मलेरिया भएको थियो । पिता गुमाएका उनलाई छिमेकी महिला रोहाया बिनती मोहम्मद जकफरले बिरामी अवस्थामा निकै हेरचाह गरेकी थिइन् । आमाले दोस्रो विवाह गरेपछि घरमा एक्लो भएका सेलामतलाई बिरामी अवस्थामा हेरचाह गर्न छिमेकी बृद्धा रोहायाले कुनै कसर बाँकी राखिनन् ।

यहीँबाट उनीहरुबीच प्रेम सुरु भएको हो । रोहायाले यसअघि दुई पटक विवाह गरिसकेकी छन् । उनका एक सन्तान रहेको बताइएको छ ।

तेस्रो विवाहका लागि उनले १५ वर्षीय सेलामतलाई रोजिन् । सेलामत पनि रोहायालाई उत्तिकै चाहन्छन् । इन्डोनेसियामा विवाहका लागि पुरुषको उमेर १९ वर्ष पुग्नु पर्दछ । तर उमेर नपुगेकै कारण विवाह हुन नसक्ने भएकाले दुबैले आत्महत्या गर्ने चेतावनी दिएका थिए ।

कराङ इन्डाह गाउँका मुखिया सिक ऐनीका अनुसार विवाहका लागि सेलामतको उमेर नपुगे पनि विवाह गर्न उनीहरुलाई अनुमति दिइएको हो । उनीहरुले आत्महत्या गर्ने धम्की दिएका कारण उमेर नपुग्दा पनि विवाहका लागि उनीहरुलाई अनुमति दिइएको ऐनीले बताए । उमेर नपुगी विवाह गर्नु परेकाले विवाहलाई औपचारिकतामा मात्र सीमित राखिएको उनले बताए ।

यद्यपि उनीहरुको विवाहको समाचार इन्डोनेसिया भर फैलियो । सामाजिक संजालमा उनीहरुको विवाहको तस्वीर भाइरल बनेपछि अन्तर्राष्ट्रिय संचारमाध्यममा पनि उनीहरुको प्रेम कथाले स्थान पाएको छ । (एजेन्सी)

प्रकासित मिति

Loading...

 

  • kantipathnews Manoranjan miss nepal

    मिस नेपालको २३ औं संस्करण आज

    मिस नेपालको २३ औं संस्करण आज हुँदैछ । काठमाडौंमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा २५ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । नेपालक ...

  • kantipathnews kusum writer lekh karki

    लेख कार्कीले ल्याए कुसुम

    लेख कार्कीले ल्याए दोश्रो गीत कुसुम । लेखक लेख कार्कीको अर्को " एउटै कालोपाटीमा कखगघ पढेको बिर्सियौकी कुसुम" बोलको गीत ब ...

  • Kantipathnews Celebrity Profiles kalakar

    यी कलाकार हाल्दैनन् भोट !

    देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचन ...

yummyfood