annapurna add

Mallikarjun

पछिल्लो समय प्याजको भाउ आकाशिएर उपभोक्ताको ढाड सेकिएको बेला एकजना किसानलाई प्याजको आकाशिएको मूल्यले ‘करोडपति’ बनाएको छ ।भारत बेंगलौर नजिकैका एकजना प्याज खेती गर्ने किसानलाई बढ्दो मूल्यले ‘करोडपति’ बनाएको हो ।

बेंग्लौर बाट करीब दुई सय किलोमिटर टाढा चित्रदुर्गा जिल्लाका ४२ वर्षिय किसान मल्लिकार्जून एक महिनामा करोडपति बनेका छन् । पाँच लाख ऋण लिएर प्याजको बिऊ छरेका मल्लिकार्जूनको प्याजले नै भाग्य बदलिदिएको छ। भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाका अनुसार मल्लिकार्जूनले जारी सिजनमा २४० टन प्याज उत्पादन गरेका छन् । पाँचदेखि दश लाख नाफा हुने अनुमान लगाएर खेती गरेका उनले प्याजको मूल्य एकसय पचास रुपियाँसम्म पुग्दा उनि एक महिनामै करोडपति भनेका हुन् ।

गत वर्ष त्यत्तिकै क्षेत्रफलमा प्याज लगाउँदा करीब पाँच लाख आम्दानी गरेका उनले चलनचल्तीको मूल्य बमोजिम एक सिजनमै करीब तीन करोड ५० लाख रुपियाँ आम्दानी गरेका छन् ।

उनि भन्छन , “मैले जिवनकै सबैभन्दा ठूलो जोखिम लिएँ, मूल्यमा गिरावट आएको भए वा बालीमा मौसमी प्रकोपले असर गरेको भए मलाई कारोबारमा टिक्न गाह्रो हुन्थ्यो । तर प्याजले मेरो परिवारको भाग्य बदलेको छ ।“मैले बिगत्सँगै यसपटक लिएको ऋण चुक्ता गरेको छु”, भन्दै मल्लिकार्जून थप्छन , “एउटा राम्रो घर बनाउने सोचमा छु, त्यसपछि खेती बिस्तार गर्ने लक्ष्य राखेको छु ।” पाँच विग्घा क्षेत्रफलमा खेती गरेका मल्लिकार्जून थप पाँच विग्घा जग्गा लिजमा लिने योजना बनाएका छन् ।

पाँच विग्घा क्षेत्रफलमा करीब ५० जना मजदूर नियमित खेतीपातीमा लागेका छन् । असोजसम्म प्याजको मूल्य मल्लिकार्जूनको लागि चुनौतीपूर्ण थियो । कात्तिक दोस्रो साता प्याजको मूल्य ७० रुपियाँ पुग्यो । केही दिनभित्र मूल्य वृद्धि भएर भारतीय मुद्रा एक सय बीस रुपियाँसम्म पुग्यो । अनि प्याज चोरबाट सुरक्षा गर्न परिवारका सबै सदस्यले नै खेतमा दिनरात बिताउन थाले । एजेन्सी 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...