tealaya add

saap kantipath

एजेन्सी। सर्पले मान्छेलाई टोक्नु त स्वभाविक नै हो तर, मान्छेले सर्पलाई टोक्नु चाहि रोचक विषय हो। तपाईंलाई सर्पले डस्यो भने के गर्नुहुन्छ ? आम मानिसले दिने सोझो उत्तर हुन्छ, उपचार गर्छु। तर, केही यस्ता मानिस पनि हुन्छन्, जसले आफूलाई टोक्ने सर्पसँग बदला लिने पनि सोच्छन्।

एउटा यस्तै, सुन्दा पनि अचम्म लाग्ने घटना भारतीय गुजराँतको महीसागर जिल्लाअन्तर्गत सन्तरामपुर तहसील गाउँमा घटेको छ। सन्तरामपुरका ६० वर्षीय पर्वत गाला नामका बृद्धलाई सर्पले डसेको थियो। सर्पले डसेर आक्रोसित बनेका पर्वतले उल्टै सर्पलाई टोकिदिए।

स्थानीयका अनुसार पर्वतले आफूलाई डस्ने सर्पलाई समातेर उसको टाउको दाँतले चपाइदिएका थिए।पर्वतको टोकाइबाट शरीरभरि विष फैलिएपछि एकछिनमै सर्प मर्यो। सर्पको डसाइबाट पर्वतको शरीरमा पनि जहर फैलिएको थियो। सर्प मरेको केही बेरमै पर्वतको पनि मृत्यु भयो। स्थानीयले पर्वतलाई अस्पताल पुर्याएका थिए। तर, चिकित्सकहरुले उनलाई मृत घोषित गरिदिए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...