Hidden
विज्ञानकाे चमत्कार : अब बाँदर पनि मान्छेजस्तै वुद्धिमान्
एजेन्सी । चीनले विश्वकै अनौठा र आश्चर्यजनक प्रयोग गरेर मानिसलाई अचम्ममा पारिरहेको हुन्छ । विश्वमै अनौठा र आश्चर्यजनक प्रयोग गरेर सफलता चाख्दै आएको चीनले फेरि एउटा आश्चर्यजनक प्रयोगमा सफलता प्राप्त गरेको छ ।
चिनियाँ वैज्ञानिकहरुले हालसालै मानिसकोजस्तो दिमाग भएको बाँदर तयार गरेको दावी गरेका छन् । वैज्ञानिकहरुका अनुसार, एघार वटा बाँदरमा एमसीपीएच-१ जीन प्रत्यारोपण गरेर तयार गरिएको हो । चिनियाँ वैज्ञानिकहरुले यो कुराको दाबी गरेका छन् । मानव मस्तिष्कको विकासमा यो जीनले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
वैज्ञानिकहरुले प्रयोगको दौरान मानिसकोजस्तै बाँदरको दिमाग विकसित हुन पनि धेरै समय लाग्ने तथ्य फेला पारे । चीनको यो दावी सत्य सावित भए एउटा ठूलो सफलता हासिल हुने बताइन्छ। ती बाँदरहरुको दिमाग मानिसको जस्तै भएको दावी गरिएको छ ।
शर्ट टर्म मेमोरी टेस्टुमा पनि बाँदरहरुले राम्रो प्रदर्शन गरेको रिपोर्टमा बताइएको छ । जङ्गली बाँदरको तुलनामा यी बाँदरहरु कुनै पनि कुरामा तुरुन्त प्रतिक्रिया दिइहाल्छन् । यद्दपि यिनिहरुको दिमागको आकार भने बढेको छैन ।
प्रकासित मिति