Hidden
२२१ प्रेमीसँगकाे सम्बन्ध असफल भएपछी एक मोडलले गरिन् कुकुरसँग विवाह !
एक पूर्व मोडलले कुकुरसँग विवाह गरेकी छन्। ४९ वर्षीया वेलायती पूर्व माेडल इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेकी हुन्।
उनले २ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि कुकुरसँग विवाह गरेको बताएकी छन्। इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन्। त्यसबेला वेलायतमा पेज ३ भन्ने ट्रेन्ड थियो। पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो।
उनको एक २५ वर्षीय छोरासमेत छन्। तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ। उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन्। उनले कुकुरसँग विवाह गरेपछि पुरुषा किन चाहियो भन्ने प्रश्न समेत गरेकी छन्।
प्रकासित मिति
Loading...
Loading...
Loading...