tealaya add

 आफूसँग भएको कुनैपनि कुरा बेच्दा ग्राहकलाई आकर्षण गर्नको लागि विभिन्न सुविधाहरु उपलब्ध गराउँछौँ ।

आजभोली त कतिपय कुरामा एउटा खरिद अर्को सित्तैमा भन्ने नियम नै लागू भएको छ भने कतिपय कुरामा विभिन्न चिट्ठाहरु दिने चलन बनेको छ ।

तर इन्डोनेशियाको एउटा यस्तो समाचार भाइरल भएको छ जसले पुरा विश्व नै चकित परेको छ ।

इण्डोनोशियाकी एक महिलाले आफ्नो घर बेच्न विज्ञापन गरेकी छिन् । उनले त्यस घर विक्रीका लागि घर किन्दा श्रीमती सित्तैमा दिने भनेर विज्ञापन गरेकी छिन् । यो सुन्दा सबैको होस उडेको छ । ती महिलाले आफ्नो घर जुन पुरुषले किन्छ आफू सदाको लागी उसको श्रीमती बन्ने बताएकी छिन् ।

घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ ।

जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...