tealaya add

woman sex kantipath

काठमाडौं। एक १९ वर्षकी किशोरीले दावी गरेकी छिन् कि जब उनी रातमा एक युवकको कोठामा गइन् त्यही बेला अचानक युवकका अन्य ११ जना साथीहरु आए र सबैले बलात्कार गरे । घटना साइप्रसको हो, जहाँ बेलायती कशोरी एक सस्तो रिसोर्टमा बसेकी थिइन् । किशोरीले आफू एक युवकसँग कोठामा भएको स्वीकार गरेकी छिन् । किशोरीको उजुरीपछि सबै १२ जना युवकविरुद्ध बलात्कारको मुद्दा चलाइएको छ । आरोपी सबै युवकहरु इजरायलका हुन् । किशोरीका अनुसार ती युवकहरुले उनी बेहोस भएपछि मात्र छोडेका थिए । किशोरीको शरीरमा चोटका कैयौं निशान पाइएका छन् । किशोरी साइप्रसको अयी नपा शहरमा पेम्बोस नपा रक्स होटलमा बसेकी थिइन् ।

घटना होटलको दोस्रो तलाको त्यो कोठामा भयो जहाँ इजरायली युवक आफ्ना दुई साथीहरुसँग बसेका थिए । किशोरीका अनुसार रातको १ बजेसम्म ती युवकहरुले उनलाई बलात्कार गरिरहे । किशोरीका अनुसार उनले आफूसँग सुरुमा भएका युवकसँग भने शारीरिक सम्बनध बनाइसकेकी थिइन् ।

पुलिसले सबै युवकहरुलाई पक्राउ गरेको छ ।युवकहरुलाई बिहीबार अदालतमा पेश गरियो । पुलिसले डिएनएको जाँच रिपोर्ट पर्खिरहेको छ । स्थानीय मिडियामा एक युवक र पीडित युवतीको इन्स्टाग्राम म्यासेज पनि प्रकाशित गरिएको छ । पुलिसका अनुसार किशोरी नयाँ होटलमा सरेकी छिन् र उनलाई काउन्सिलरको सुविधा उपलब्ध गराइएको छ । बेलायती दूतावासले पनि किशोरीसँग सम्पर्क गरेको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...