Hidden
अन्तिम संस्कारका लागी घाट पुर्याइएकी नम्रता बोल्न थालेपछि !
काठमाडौ। पाल्पामा मृत्यु भएकी भनिएकी महिला घाटमा पुर्याएपछि ब्युँतिएकि छिन । हिन्दु परम्परा अनुसार घाटमा अन्तिम संस्कार गर्नु अघि नदिमा डुवाउने र नुहाइदिने धार्मीक प्रचलन अनुसार नुहाउने क्रममा ति महिला बोल्न कराउन थालेपछि उनको पुनः उपचार थालिएको छ ।
पाल्पा रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीलाई झाडापखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । १० दिन सम्म उपचार गर्दा निको नभएपछि आफन्तले नै अस्पतालबाट घर लगेका थिए । ज्ञवालीको मुटुको पनि समस्या समेत देखिएको थियो ।
तानसेनको युनाइटेड मिशन अस्पतालवाट १० दिन पछि सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज गरेको थियो । अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको ज्यान गएको ठानेर आफन्तले नर्मतालाई सिधै रिँडी घाट पुर्याएका थिए ।
आधा शरीर पानीमा डुबाएको केही समयपछि उनी चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान सुझाव दिए ।
प्रकासित मिति