annapurna add

swainwich

क्यान्टिनबाट स्याण्डविच चोरेर खाएको आरोपमा लण्डनको सिटिग्रुपमा कार्यरत पारस साहलाई निलम्बित गरिएको छ। ३१ वर्षीय परास साह लण्डनको सिटिग्रुपमा कार्यरत थिए। यस कम्पनीले मिडल इस्ट, अफ्रिका र युरोपमा ट्रेडिङको काम गर्छ। साहलाई आफ्नै कार्यालयको क्यान्टिनबाट खाना चोरेर खाएकोमा निलम्बित गरिएको बेलायती मिडिया ’द सन’ ले जनाएको छ।

उनी फर्ममा काम गरेको दुई वर्ष भएको र यस अघि उनी एचएसबीसी बैङ्कमा ६ वर्षसम्म काम गरेका थिए । बाथ युनिभर्सिटीबाट अर्थशास्त्रमा डिग्री हासिल गरेका साहले बोनसका साथ वार्षिकरुपमा एक मिलियन युरोपियन डलर कमाउने गर्थे, जुन नेपाली रुपैंया करिब १३ करोड हुन आउँछ ।

यस घटनाक्रमकाबारे पारस साहले अहिलेसम्म आफ्नो तर्फबाट कुनै प्रतिक्रिया दिएका छैनन् भने उनी कार्यरत फर्म सिटिग्रुपले पनि यस विषयमा केही बोलेको छैन।

यस अघि स्लोभेनियाको सत्ताधारी दलका सांसद दारजी क्रेजिसिचले संसदमा देशको सुरक्षा प्रणालीको विषयमा भएको बहसमा सहभागी भएकोबेला उनले एउटा सुपर मार्केटबाट स्याण्डविच चोरेको अभियोगमा सांसद पदबाट हात धुनु परेको थियो । सांसदले स्याण्डविच चोरेको घटनाका स्लोभेनियाको संसदमा चर्को विरोध भएपछि अन्नत आफूले गल्ती गरेको भन्दै सांसद पदबाट राजीनामा दिएका थिए । एजेन्सी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...