tealaya add

3xxx news kantipath

नेपाली समाजमा दिनानुदिन आपराधिक घटनाले बिकराल रुप लिइरहेको छ । दिनहुँ हत्या र बलात्कारजस्तो जघन्य अपराध भइरहेको छ । यसैबीच कञ्चनपुरमा आफ्नै बाबुबाट एक १४ वर्षीया छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । जिल्लाको पुनर्वास नगरपालिकाका ३९ वर्षीय बाबुले आफ्नै जेठी छोरीलाई बलात्कार गरेको भिडियो कान्छी छोरीले खिचेपछि घटना सार्वजनिक भएको हो ।

मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा कान्छी छोरीले मोबाइलमा खिचेर आफूलाई देखाएको आमाको भनाइ छ । उनले घटनाबारे छर-छिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताएकी छन् । घरमै छोरीको बलात्कार गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताएका छन् । उनले पशुवत व्यवहार गर्नेमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन् ।sampurnajankari

छोरीलाई बलात्कार गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ । यस बारेमा आमा र भिडियो खिच्ने माइली छोरीसंग गरिएको कुराकानी हेर्नुहोस :

     

थप समाचार 

कञ्चनपुरमा बाबुले छोरीलाई बलात्कार गर्दै बनाएको भिडियो सार्वजनिक भएपछी...

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर