tealaya add

suciede indianwoman kantipath

एजेन्सी - गत जुलाइ ५ मा नयाँदिल्लीबाट एक महिला हराएपछि उक्त घटना समाचारकै रुपमा सार्वजनिक भयो ।

कोमल तलान नामकी ती महिलाले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान थियो । एक बिमा कम्पनीको ‘ट्रेनिङ म्यानेजर’को रुपमा कार्यरत कोमल आफ्नो कारसहित हराइरहेकी थिइन् ।

प्रहरीले खोजी गर्दा उनको कार उत्तर प्रदेशको घाजियाबादस्थित हिन्दोन ब्रिज नजिकै पार्क गरिराखेको अवस्थामा भोलिपल्ट जुलाइ ६ मा मात्रै भेटियो । प्रहरीले कोमललाई भेट्न नसके पनि सुसाइड नोट चाहीँ फेला पार्यो ।

सुसाइड नोटमा महिलाले आफ्ना श्रीमान र ससूराले आफूमाथि दबाव र तनाब श्रृजना गरेको भन्दै आत्महत्या गरेको लेखेकी थिइन् । कोमलका बावुले समेत छोरीलाई परिवारमा पीडा दिने गरेको प्रहरीसमक्ष बताएका थिए ।

प्रहरी टोली त्यही हिन्दोन नदीमै उनको शव खोजी गरिरह्यो । तीन दिनसम्म खटिँदा पनि प्रहरीले शव भेट्न सकेन प्रहरीले । सोही नदीमा उनले हाम फालेर आत्महत्या गरिन् भन्ने प्रहरीको बुझाइ थियो ।

तीन दिनपछि भने घटनाले अर्कै रुप लियो । प्रहरीको अनुसन्धान टोलीले कोमल आफ्ना केही साथीसँग सम्पर्कमा आएको खबर पत्ता लगायो । यसपछि प्रहरी थप अनुसन्धानको लागि जयपुर पुग्यो । जहाँ उनीहरुले कोमल मुम्बइ पुगेको खबर पाए । अन्नपूर्ण पोष्ट

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...