tealaya add

sunny

सन्नी लियोनीलाई अभिनय गराएर बलिउड फिल्म निर्माताले राम्रो रकम कमाई रहेको समाचारहरु त आईरहेका छन् । तर, उनकै फोटो प्रयोग गरेर भारत आन्ध्र प्रदेशका एक किसानले आफ्नो उब्जनी बढाउने खोजेको खबर आएको छ । उनले दाबी गर्दै भनेका छन्, यो पोष्टर राखेपछि मेरो खेती सप्रिन्छ । पशुपंक्षी पनि सुरक्षित हुनेछन् ।

एक अङ्ग्रेजी न्युज साइटका अनुसार आन्ध्रप्रदेशका नेल्लोर जिल्लाका बाँदाकिदिपल्ली गाउँका किसान ए चेँचु रेड्डीले सन्नीले रातो रङ्गको बिकिनीमा उभिएको फोटोलाई ठुलो तस्बिर बनाएर राखेका हुन् ।

ती किसानले भनेका छन्, राम्रो फसलमा धेरैको आँखा लाग्छ । आम मान्छेले खेतीमा आँखा नलगाउन् भन्नका लागि सन्नीको पोष्टर राखिएको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...