tealaya add

एजेन्सी - केरलमा एक २३ वर्षीया कानूनकी छात्राले एक स्वामीको गोप्य अङ्ग काटिदिएकी छिन् । स्वामी गणेशानन्द उर्फ हरि स्वामीले पछिल्लो आठ वर्षदेखि उनमाथि यौन शोषण गरिरहेको पीडितले बताएकी छिन् ।

Swami Ganeshananda aka Hari Swami min

कोल्लममा पनमाना आश्रमका स्वामी पीडिताकी आमालाई भेट्ने बाहानामा उनको घरमा जाने गरेको र उनलाई प्रत्येक पटक बलात्कार गर्ने गरेको उनले आरोप लगाएकी छिन् । पुलिसले यसबारे अनुसन्धान गरिरहेको बताएको छ ।

पीडिताले एक धारिलो हतियारको प्रयोग गरेर स्वामीको यौनाङ्ग काटेको बताइएको छ । त्यसपछि उनले नै पुलिसलाई फोन गरेर यसबारे जानकारी दिएकी थिइन् । पुलिसले आरोपीलाई अस्पतालमा भर्ना गरेका छन् । आरोपीको ९० प्रतिशतको यौनाङ्ग काटिसकिएको जानकारी पुलिसले दिएको छ । डाक्टरको समूहले प्लाष्टिक सर्जरी गरेको छ ता कि रगतलाई रोक्न सकियोस् र पिसाबलाई पास गर्न सकियोस् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...