यो संसार विचित्रमय तथा रहस्यमय रहेको छ । यस्ता कैयन् अनौठा राष्ट्रहरु रहेका छन् जहाँ अनौठो नियम कानून लागि चर्चित रहेको छ । तीमध्येको एउटा राष्ट्र हो, स्वाजिल्याण्ड ।

Kantipathnews Swaziland

यो अफ्रिकी मुलुकको एउटा कानून तथा परम्पराका विषयमा थाहा पाउँदा तपाईं अचम्ममा लाग्नेछ । गत वर्ष मात्र त्यहाँका राजा मस्वाती तृतीयले राष्ट्रको नाम परिवर्तन गरी द किंगडम अफ इस्वातिनी राखेका थिए । आफ्नो राष्टको स्वतन्त्रताको ५० वर्ष पुगेको अवसरमा राजाले देशको नाम बदल्ने त्यो घोषणा गरेका थिए ।

यस देशमा हरेक वर्षको अगष्ट–सेप्टम्बर महिनामा महारानीकी आमाको शाही गाउँ लुदजिजीनीमा उम्हलांगा समारोह नामक पर्व हुन्छ ।त्यसमा १० हजार भन्दा धेरै कुमारी युवी तथा किशोरीहरु सहभागी हुन्छन् ।

राजाको अगाडि कुमारी कन्याहरुले नाच देखाउँदछन् । त्यसरी नाच्ने कन्याहरु अर्धनग्न हुन्छन् । नेशनल जियोग्राफिकको रिपोर्ट अनुसार राजाले तिनै कन्याहरुबाट आफ्नो नयाँ रानी छनोट गर्दछन् । छोरीहरुलाई बिहे अघिसम्म सुन्दर तथा भर्जिन रहनका लागि आमाहरुले सिकाउँदछन् । यदि बिहे अगाडि कन्याहरु गर्भवती भएमा उनीहरुको परिवारमाथि जरिवाना हुन्छ । जरिवानाको रुपमा परिवारले गाई दिनु पर्दछ ।

यो देशका राजाको १४ पटक विवाह भैसकेको छ । उनका २५ जना बच्चाबच्ची भैसकेका छन् । राजाले आफ्ना जनतालाई पनि कम्तिमा दुईवटा विवाह गर्न आह्वान गरेको खबर पनि आएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...