tealaya add

vigra

एजेन्सी-भियग्रा एक औषधि नै हो । यसले रक्तचाप अस्वभाविक रुपमा केही समयका लागि बढाईदिन्छ । यो हल्का निलो रङ्ग र हिराकारको हुन्छ । यसको ब्राण्ड नाम सिडेनाफिल सिट्रेट हो । यसलाई पुरुषको यौनक्षमतासँग पनि जोड्ने गरिन्छ । यसको प्रयोगपछि केही समय त शरीरका लागि ठीकै होला तर, साइड इफेक्ट पनि प्रशस्तै देखाउँछ । भियग्राको जथाभावी प्रयोगले कहिले कहि ठूलो समस्या पनि ल्याइदिन सक्छ ।

भियग्रा खाँदा भएका चर्चित दुर्घटना यस्ता छन् :
सन् २०१५ डेनियल मेडफोर्थ नामका एक पुरुषले रक्सीको नसामा ३५ वटा भियग्राका गोली खाए । बेहोसीमा ३५ चक्की भियग्रा खानु उनका लागि ठूलै समस्या बनेर आयो । पाँच दिनसम्म उनी इन्तु न चिन्तु भए । उनलाई अस्पतालमा भर्ना गरियो । अवस्था लाजमर्दो थियो । तर डाक्टरहरुले उनको अवस्थालाई हेरेर नहाँस्न अस्पतालका सबै स्टाफहरुलाई उर्दी नै जारी गर्नुपर्यो । उक्त घटनापछि अहिलेसम्म पनि जिउँदै रहन सकेकोमा आफूलाई भाग्यमानी ठान्छन् डेनियल ।

इटालीकी एक ५० वर्षीया महिलाले आफ्नो लोग्नेलाई हँसीमजाकमै वाइनमा दुईवटा भियग्रा हालिदिइन् । उनका पतिको उमेर निकै बढी भएको थियो । उनलाई भियग्राले खराब असर पुर्यायो , जसका कारण उनलाई हृदयाघात नै हुनपुग्यो । धन्न तत्कालै अस्पताल पु¥याइएकाले ज्यान जानबाट भने रोकियो ।

घटना सन् २०१७ को हो । जर्जिना नामकी महिलालाई आफ्नो लोग्नेमाथि शंका लागिरहेको थियो । लोग्नेको साथबाट उनले भियग्राका चार गोली भेट्टाएकी थिइन् । लोग्नेले अरु कुने महिलासँग यौन सम्पर्क राख्नका लागि भियग्रा सेवन गर्ने गरेको उनको आशंका थियो । रिसको झोकमा उनले एकदिन पतिको हत्या गरिन् । टाउकोमा हथौडाले हिर्काएर उनले लोग्नेको हत्या गरेकी थिइन् ।

सन् २०१२ मा चर्चित लेखक जेम्स एन्ड्रियूजले भ्यालेन्टाइन्स् डेकै दिनमा आत्महत्या गरे । रेलको लिकमा कुँदेर उनले आत्महत्या गरेका थिए । भियग्राको सेवन गर्ने गरेको पत्नीले थाहा पाएसँगै उनीसँग डिभोर्स गरेकी थिइन् । सोही पिरले उनले आत्महत्या गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...