vietnam flagके हो भियतनाम युद्ध ?

भियतनाम युद्ध विश्वको इतिहासमा लामो र महँगो युद्ध हो जुन युद्ध कम्युनिस्ट र गैरकम्युनिस्टबीच लडिएको थियो। यो युद्धमा शित युद्धलेसमेत प्रभाव पारेको थियो। यो युद्धमा ३० लाख मानिसहरु मारिएका थिए। जसमध्ये ५८ हजार अमेरिकी थिए। त्यस्तै आधाजसो नागरिक निहत्था भियतनामी जनता थिए ।

यस युद्धका कारण अमेरिकामा पनि राजनीतिक मतभेद सुरु भयो। सन् १९७३ मा राष्ट्रपति रिचर्ड निक्सनले आफ्ना सैनिक फिर्ता बोलाए। र, सन् १९७५ मा उत्तर भियतनामको कम्युनिस्ट फोर्सले दक्षिण भियतनामलाई नियन्त्रणमा लियो। र, एक भियतनाम बनायो, सोसियलिस्ट रिपव्लिक अफ भियतनाम।

सामान्य रुपमा भियतनाम युद्धको रुपमा चिनिने यो युद्धलाई दोस्रो इन्डो-चाइना वारका रुपमा पनि लिइन्छ।

लामो समयसम्म फ्रान्सको अधिनायकत्वमा रहेको भियतनाम दोस्रो विश्वयुद्ध ताका जापानको अधिनमा रह्यो। विश्वयुद्धमा पराजयसँगै जापानले आफ्ना सैनिक भियतनामबाट फिर्ता गर्‍यो। लगत्तै हो ची मिन्हको भियत मिन्ह फोर्सले हानोइलाई नियन्त्रणमा लिइ डमोक्रेटिक रिपव्लिक अफ भियतनाम घोषणा गर्‍यो। एक वर्षपछि भियतनाममा फ्रान्स फेरि फर्कियो। उसले भियतनाममा वाओवालाई शासक चयन गर्दै सेइगनलाई राजधानी घोषणा गर्‍यो। यसपछि दुई भियतनाम भए।

दुवैपक्षको एउटै लक्ष्य थियो- ‘एक भियतनाम’। हो चाहन्थे कम्युनिस्ट राज्य। बाओ चाहन्थे खुला आर्थतन्त्र र पश्चिमासँगको सम्पर्क।
होले उत्तर भियतनामको स्थापनापछि सुरु भएको युद्धले फ्रान्सेलीलाई पराजित गर्‍यो। यो युद्धले फ्रान्सलाई इन्डोनेसियाबाट समेत फिर्ता जान वाध्य बनायो। यो युद्धलाई पहिलो इन्डोनेसिया युद्धको रुपमा लिइन्छ। सन् १९५४ मा जेनेभामा एउटा सन्धीमा हस्ताक्षर भयो जसले उत्तर भियतनाममा हो र दक्षिण भियतनाममा वाओको शासन स्थापना गर्‍यो। सन्धीमा दुवै देशको एकताका लागि १९५६ मा निर्वाचन गर्ने समेत उल्लेख थियो।

सन् १९५५ मा दक्षिण भियतनाममा कम्युनिस्ट कट्टर विरोधी न्गो दिन्ह डियमले वाओ शासनको अन्त्य गर्दै नयाँ राष्ट्रपति बने। त्यसपछि दक्षिण भियतनाम कम्युनिस्ट विरोधी खेमामा उभियो। यहाँका कम्युनिस्ट समर्थक माथि दमन थालियो। एक लाख मानिसहरु पक्राउ परे, यातना दिइयो। यो काममा दक्षिण भियतनामलाई अमेरिकाको साथ थियो।

सन् १९५७ देखि भियत कोङ (भियतनामी कम्युनिस्ट) र डिमका विरोधीहरुले सरकारी कार्यालय र अधिकारीहरु माथि आक्रमण गर्न थाले। सन् १९६० मा भियतनामका कम्युनिस्ट र गैर कम्युनिस्ट जो शासनको विरोधमा थिए उनीहरुले राष्ट्रिय स्वतन्त्रता फ्रन्ट गठन गरे।

अमेरिकाले यो समूहलाई कम्युनिस्टको रुपमा लियो र हानोइका पुत्लाको रुपमा संज्ञा दियो। सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अध्ययनका लागि टोली पठाए। जसले भियतनाममा अमेरिकी सैनिक स्थापना गर्न सुझाब दियो। सन् १९६२ मा आइपुग्दा दक्षिण भियतनाममा अमेरिकी सैनिकको संख्या ९००० पुगेको थियो।

सन् १९६३ मा दक्षिण भियतनामका राष्ट्रपति डियम र उनका भाइको हत्या गरी केही सैन्य अधिकारीले शासन हत्याए। यो घटना केनेडीको हत्या हुनु भन्दा ३ हप्ता अगाडि भएको थियो। त्यसपछि दक्षिण भियतनामको स्थायित्वका लागि भन्दै अमेरिकाले आफ्नो उपस्थिति बढायो।

केनेडी पछि राष्ट्रपति बनेका बी जोनसनले अमेरिकी सेनालाई भियतनाम युद्धमा पठाउने निर्णय गरे। यससँगै सन् १९६५ को जुन सम्म ८२ हजार अमेरिकी सैनिक भियतनाम पुगेका थिए। जुलाईको अन्त्यमा थप एक लाख र अर्को वर्ष थप एक लाख सैनिक त्यहाँ खटाइयो। अमेरिका बाहेक दक्षिण कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया, न्यूजिल्याण्डबाट पनि सैनिकहरु उत्तर भियतनाम विरुद्ध लड्न त्यहाँ पुगे।

सन् १९६७ मा आइपुग्दा भियतनाममा अमेरिकी सैनिकको संख्या ५ लाख पुुगिसकेको थियो। जसमध्ये १५ हजार ५८ जना मारिइसकेका थिए भने एक लाख ९ हजार ५२७ घाइते भएका थिए।

अमेरिकी सैनिकहरुमा गैर न्यायिक हत्याका लागि आरोप लाग्न थाल्यो। अमेरिकामा समेत यसको विरोध हुन थाल्यो। १९६७ मा ३५ हजार भन्दा बढीले पेन्टागन अगाडि भियतनाम युद्धको विरोधमा प्रदर्शन गरे।

१९६७ को अन्त्यतिर हानोइको कम्युनिस्ट फौजले दक्षिण भियतनाममा लगातार आक्रमण गर्न थाले। १९८६ को जनवरी ३१ मा उत्तर भियतनामको ७० हजारको सैन्य टुकडीले दक्षिण भियतनामका १०० वटा भन्दा बढी शहरमा एकै पटक आक्रमण गरे।

अमेरिकामै यसको विरोध भइरहेको थियो। रिचर्ड निक्सनले युद्ध अन्त्यको आह्वान गर्दै राष्ट्रपतिमा विजयीसमेत भए। सन् १९७३ जनवरीमा अमेरिका र उत्तर भियतनामबीच शान्ति सम्झौता भयो। अमेरिकी सैनिक फिर्ता भए। तर, भियतनाम युद्ध १९७५ अप्रिल ३० सम्म चल्यो। उत्तरी फौजले दक्षिण भियतनाम नियन्त्रणमा लिएसँगै युद्धको अन्त्य भयो। सन् १९७६ मा भियतनाम एक भए।

गत वर्ष मात्र सोल हानोइबीचको व्यापार ७ प्रतिशतले वृद्धि भएको थियो। २०१८ को नोभेम्वरमा द्वीपक्षीय व्यापार भोलुम ६२.६ विलियन डलर पुगेको थियो। जसले हानोइलाई चीन, अमेरिका र जापान पछि चौथो व्यापार साझेदारको रुपमा स्थापित गराएको हो। हानोइ र वासिङटनबीच १९९५ मा सम्बन्ध सामान्यीकरण तर्फ गयो। त्यसयता २०१६ सम्म दुई देशबीचको व्यापार ५२ विलियन डलर पुगेको छ। जुन ४५१ मिलियन डलर थियो। त्यति मात्र होइन अमेरिकी स्टेट डिपार्टमेन्टले ११ डिसेम्बर २०१७ मा प्रकाशित गरेको फ्याक्ट सिटमा पछिल्लो ८ वर्षमा भियतनाममा अमेरिकी लगानी १० विलियन डलर पुगेको उल्लेख छ।

इतिहासमा भियतनामलाई सम्झिने एउटा महत्त्वपूर्ण घटना हो ‘भियतनाम युद्ध’। सन् १९५५ नोभेम्वर १ देखि १९७५ अप्रिल ३० सम्म चलेको यो युद्धमा विश्व दुई ध्रुवमा विभाजित थियो। उत्तर र दक्षिण भियतनामबीच भएको यो युद्ध कम्युनिस्ट र गैर कम्युनिस्टबीचको युद्ध पनि थियो। उत्तरी भियतनाम कम्युनिस्टको प्रतिनिधित्व गर्ने देश र दक्षिण भियतनाम पुजीवादी व्यवस्थामा विश्वास गर्ने देशबीच भएको युद्धमा विश्वका कम्युनिस्ट मुलुक र पुजीवादी देशहरु विभाजित थिए।

उत्तरी भियतनामलाई सोभियत युनियन, चीन, र अन्य कम्युनिस्ट घटकहरुले साथ दिएका थिए भने दक्षिण भियतनामलाई अमेरिका, दक्षिण कोरिया, फिलिपिन्स, अष्ट्रेलिया थाइल्याण्ड र अन्य कम्युनिस्ट विरोधी देशहरुको साथ थियो। १९ वर्षसम्म चलेको यो युद्धमा अमेरिकाले ठूलो क्षति व्यहोर्नुपरेको थियो। आज फेरि त्यही भियतनाम चर्चामा छ। यस पटकको चर्चा कम्युनिस्ट र गैर कम्युनिस्टको युद्ध नभई वार्ताको विषयमा छ। यतिबेला कम्युनिस्ट मुलुक उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र कम्युनिस्ट विरोधी खेमाको नेतृत्व गरिरहेको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर वार्ता हुँदैछ।

युद्धले ध्वस्त हानोइ

३००० विसी देखि मानव सभ्यताको सुरुवात भएको हानोई विभिन्न समयमा भएका युद्धहरुको साक्षी बनेको छ। यसले विभन्न शासकहरुको राजधानीको रुपमासमेत काम गरेको छ। पहिलो विश्व युद्धको समयमा हानोइ जापानी शासकहरुले नियन्त्रणमा लिएका थिए। १९४० मा जापानी शासनमा रहेको हानोइ १९४५ मा स्वतन्त्र भयो। हो ची मिन्हले भियतनाम स्वतन्त्र घोषणा गरेपछि हानोइ पनि स्वतन्त्र भयो। तर, पनि त्यसको एक वर्षपछि फ्रान्सले हानोइमा कब्जा जमायो। फ्रान्ससँगको ९ वर्ष लामो युद्ध लडेपछि उत्तर भियतनाम स्वतन्त्र भयो। र, हानोइ राजधानी कायम भयो।

भियतनाम युद्धका क्रममा हानोइका भौतिक संरचनाहरु ध्वस्त भए। यहाँका रेलमार्ग, सडक, पुलहरु ध्वस्त भए। भियतनाम युद्ध पछि हानोई उत्तर र दक्षिण भियतनाम एक भए। यो एकीकृत भियतनामको राजधानीको रुपमा स्थापित भयो। एकीकरणपछि सन् १९८६ मा तोइ मोई आर्थिक नीति पारित भयो। यसले कम्युनिस्ट पार्टी र राष्ट्रिय सरकारलाई मजबुद बनाउँदै समाजवादी अर्थ व्यवस्थालाई अंगिकार गर्‍यो। सन् १९९७ को एसियाली वित्तीय संकटपछि हानोईले तीब्र आर्थिक विकास गर्‍यो। सन् २००८ मा हानोइमा हा थाइ राज्य, भिन्ह फूस राज्यको मे लिन्ह जिल्ला र अन्य ४ कम्युनहरु गाभिए।

हानोई त्यसपछि तीब्र आर्थिक विकासमा अगाडि बढ्यो। गगनचुम्बी महलहरु बन्न थाले। सन् २०१५ मा हानोइ गगनचुम्बी महलहरुको शहरको सूचीमा ३९ औँ स्थानमा उभियो। इम्पोरिसको स्काइलाइन र्‍यांकिङमा हानोई अहिले ३४ स्थानमा छ। हानोइमा १०० मिटर भन्दा अग्ला ९६० वटा भवन छन्। यहाँको हानोइ ल्याण्डमार्क टावर अग्लो भवन हो। यो एसियाको ४३ औँ अग्लो र विश्वको ७५ औँ अग्लो टावर हो। यो ३३६ मिटर अग्लो छ।

लामो समयसम्म फ्रान्सको अधिनायकत्वमा रहेको भियतनाम दोस्रो विश्वयुद्ध ताका जापानको अधिनमा रह्यो। विश्वयुद्धमा पराजयसँगै जापानले आफ्ना सैनिक भियतनामबाट फिर्ता गर्‍यो। लगत्तै हो ची मिन्हको भियत मिन्ह फोर्सले हानोइलाई नियन्त्रणमा लिइ डमोक्रेटिक रिपव्लिक अफ भियतनाम घोषणा गर्‍यो। एक वर्षपछि भियतनाममा फ्रान्स फेरि फर्कियो। उसले भियतनाममा वाओवालाई शासक चयन गर्दै सेइगनलाई राजधानी घोषणा गर्‍यो। यसपछि दुई भियतनाम भए।

दुवैपक्षको एउटै लक्ष्य थियो- ‘एक भियतनाम’। हो चाहन्थे कम्युनिस्ट राज्य। बाओ चाहन्थे खुला आर्थतन्त्र र पश्चिमासँगको सम्पर्क। होले उत्तर भियतनामको स्थापनापछि सुरु भएको युद्धले फ्रान्सेलीलाई पराजित गर्‍यो। यो युद्धले फ्रान्सलाई इन्डोनेसियाबाट समेत फिर्ता जान वाध्य बनायो। यो युद्धलाई पहिलो इन्डोनेसिया युद्धको रुपमा लिइन्छ। सन् १९५४ मा जेनेभामा एउटा सन्धीमा हस्ताक्षर भयो जसले उत्तर भियतनाममा हो र दक्षिण भियतनाममा वाओको शासन स्थापना गर्‍यो। सन्धीमा दुवै देशको एकताका लागि १९५६ मा निर्वाचन गर्ने समेत उल्लेख थियो।

सन् १९५५ मा दक्षिण भियतनाममा कम्युनिस्ट कट्टर विरोधी न्गो दिन्ह डियमले वाओ शासनको अन्त्य गर्दै नयाँ राष्ट्रपति बने। त्यसपछि दक्षिण भियतनाम कम्युनिस्ट विरोधी खेमामा उभियो। यहाँका कम्युनिस्ट समर्थक माथि दमन थालियो। एक लाख मानिसहरु पक्राउ परे, यातना दिइयो। यो काममा दक्षिण भियतनामलाई अमेरिकाको साथ थियो। सन् १९५७ देखि भियत कोङ (भियतनामी कम्युनिस्ट) र डिमका विरोधीहरुले सरकारी कार्यालय र अधिकारीहरु माथि आक्रमण गर्न थाले। सन् १९६० मा भियतनामका कम्युनिस्ट र गैर कम्युनिस्ट जो शासनको विरोधमा थिए उनीहरुले राष्ट्रिय स्वतन्त्रता फ्रन्ट गठन गरे।

अमेरिकाले यो समूहलाई कम्युनिस्टको रुपमा लियो र हानोइका पुत्लाको रुपमा संज्ञा दियो। सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले अध्ययनका लागि टोली पठाए। जसले भियतनाममा अमेरिकी सैनिक स्थापना गर्न सुझाब दियो। सन् १९६२ मा आइपुग्दा दक्षिण भियतनाममा अमेरिकी सैनिकको संख्या ९००० पुगेको थियो। सन् १९६३ मा दक्षिण भियतनामका राष्ट्रपति डियम र उनका भाइको हत्या गरी केही सैन्य अधिकारीले शासन हत्याए। यो घटना केनेडीको हत्या हुनु भन्दा ३ हप्ता अगाडि भएको थियो। त्यसपछि दक्षिण भियतनामको स्थायित्वका लागि भन्दै अमेरिकाले आफ्नो उपस्थिति बढायो।

केनेडी पछि राष्ट्रपति बनेका बी जोनसनले अमेरिकी सेनालाई भियतनाम युद्धमा पठाउने निर्णय गरे। यससँगै सन् १९६५ को जुन सम्म ८२ हजार अमेरिकी सैनिक भियतनाम पुगेका थिए। जुलाईको अन्त्यमा थप एक लाख र अर्को वर्ष थप एक लाख सैनिक त्यहाँ खटाइयो। अमेरिका बाहेक दक्षिण कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया, न्यूजिल्याण्डबाट पनि सैनिकहरु उत्तर भियतनाम विरुद्ध लड्न त्यहाँ पुगे । सन् १९६७ मा आइपुग्दा भियतनाममा अमेरिकी सैनिकको संख्या ५ लाख पुुगिसकेको थियो। जसमध्ये १५ हजार ५८ जना मारिइसकेका थिए भने एक लाख ९ हजार ५२७ घाइते भएका थिए।

अमेरिकी सैनिकहरुमा गैर न्यायिक हत्याका लागि आरोप लाग्न थाल्यो। अमेरिकामा समेत यसको विरोध हुन थाल्यो। १९६७ मा ३५ हजार भन्दा बढीले पेन्टागन अगाडि भियतनाम युद्धको विरोधमा प्रदर्शन गरे। १९६७ को अन्त्यतिर हानोइको कम्युनिस्ट फौजले दक्षिण भियतनाममा लगातार आक्रमण गर्न थाले। १९८६ को जनवरी ३१ मा उत्तर भियतनामको ७० हजारको सैन्य टुकडीले दक्षिण भियतनामका १०० वटा भन्दा बढी शहरमा एकै पटक आक्रमण गरे।

अमेरिकामै यसको विरोध भइरहेको थियो। रिचर्ड निक्सनले युद्ध अन्त्यको आह्वान गर्दै राष्ट्रपतिमा विजयीसमेत भए। सन् १९७३ जनवरीमा अमेरिका र उत्तर भियतनामबीच शान्ति सम्झौता भयो। अमेरिकी सैनिक फिर्ता भए। तर, भियतनाम युद्ध १९७५ अप्रिल ३० सम्म चल्यो। उत्तरी फौजले दक्षिण भियतनाम नियन्त्रणमा लिएसँगै युद्धको अन्त्य भयो। सन् १९७६ मा भियतनाम एक भए। इतिहासमा भियतनामलाई सम्झिने एउटा महत्त्वपूर्ण घटना हो ‘भियतनाम युद्ध’। सन् १९५५ नोभेम्वर १ देखि १९७५ अप्रिल ३० सम्म चलेको यो युद्धमा विश्व दुई ध्रुवमा विभाजित थियो। उत्तर र दक्षिण भियतनामबीच भएको यो युद्ध कम्युनिस्ट र गैर कम्युनिस्टबीचको युद्ध पनि थियो। 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...