tealaya add

patni pidit purush
भारतको एक गाउँमा पत्नी पिडित पुरुषहरुको लागि आश्रम स्थापना भएको छ । महाराष्ट्रको औरंगाबाट १२ किलोमिटर टाढा शिरडी मुम्बाइ हाइवे छेउमा यो आश्रम रहेको बताइएको छ ।

भारतका फुलारे नामका व्यक्तिले आश्रमको स्थापना गरेका हुन् । उनकी पत्नीले उनीमाथि घरेलु हिंसा गरेको भन्दै मुद्दा दर्ता गरेकी थिइन । पत्नी बाट पिडित उनी जस्तै ४ जना साथीसँग मिलेर सन् १९१६ को पुरुष पिडित दिवसको दिन आश्रमको सुरुवात गरिएको बताइएको छ ।

patni pidit

३ वटा कोठा रहेको आश्रममा बस्ने मानिस सामुहिक रुपमा बस्छन् । उक्त आश्रममा पत्नी पिडित पुरुषहरुलाई आश्रय दिनुको साथै कानुनी लडाई लड्नको लागि समेत सल्लाह सुझव दिइन्छ ।

आश्रममा सुरुमा केवल नजिकका सहरका पुरुषहरु आउने गरेका भएपनि अहिले छत्तिसगढ, गुजराँत, कर्नाटक, आन्ध्र प्रदेश लगायतका राज्यमा मानिसहरु पनि आउने गरेका छन् ।

पत्नीद्वारा कम्तिमा २० मुद्दा दायर भएका, पत्नीले मुद्दा हालेपछि नोकरी गुमाएका, पत्नीलाई मानाचामल भर्न नसक्दा जेल परेर छुटेका, अर्को बिहे गर्ने मन नभएका र आफ्नो योग्यता अनुसारको काम गर्ने जाँगर भएका पुरुषहरुले मात्र यो आश्रममा बस्ने ठाउँ पाउँछन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...