tealaya add

yogesh kantipath

एजेन्सी । भारतको मध्य प्रदेश छतरपुरका एक स्थानीयको पेटबाट विभिन्न प्रकार चिजहरु निकालिएको छ । इशानगरका ३० वर्षीय योगेश यादबको दुई दिन पहिले अपरेशनबाट प्लास्टिकको पेन, बोरा सिलाउन प्रयोग गरिने सियो, ब्लेड, फलामको काँटी, लेदरमा विभिन्न सामानलगाएत ३३ प्रकारका सामग्रीहरु निकालिएको हो ।

अत्याधिक पेट दुखाई भए पछि जांच गराउदा अपरेशन गर्नुपर्ने भएको थियो र अपरेशन गर्ने क्रममा योगेशको पेटबाट विभिन्न ३३ प्रकारका अखाध्य पदार्थ निकालियो ।योगेशको टाउको दुखिरहने समस्या ले गर्दा जे पायो त्यही खाने नराम्रो बानी रहेको परिवारले जनाएको छ । पेटमा फलाम र प्लाष्टिकका विभिन्न सामान थुप्रिएपछि उनको पेट दुख्न सुरु गरेको थियो ।

अपरेशनपछि योगशको स्वास्थ्यावस्था पहिले भन्दा धेरै सुधार भएको बताइएको छ । अहिले डाक्टरहरुले योगेशलाई केही दिनसम्म आफ्नै निगरानीमा राख्ने फैसला गरेका छन् । योगशकी आमा सुष्मा यादबले भनिन्, ‘अपरेरशनपछि छोरा योगेशलाई भेटे । उनी पूरै ठीक अवस्थामा देखे । हामी कसैलाई थाहा भएन, उनले फलामको किला खान्छन् भनेर ।’

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर