1478958692 banner ad format

 
 

काठमाडौं । उपत्यकाबासीले दशैंमा पनि मेलम्चीको पानी पिउन नपाउने सम्भावना बढेको छ । दशैंसम्म मेलम्ची आउँछ ? भन्ने सांसदहरूको प्रश्नको जवाफ खानेपानी मन्त्री बिना मगरले दिन नसक्नुले यसैको संकेत गर्छ । 

मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र काकाकुल काठमाण्डौ धित मरुञ्जेल पानी पिउला भन्नेमा छ । लामो समयदेखिको काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको देहावसान भयो । उनले मात्र होइन, त्यसपछिका प्रधानमन्त्री एवम् मन्त्रीले त्यसलाई पूरा गर्ने वचन त दिए तर पूरा गर्न सकेको देखिएन । यद्यपि जो आए पनि त्यसलाई छिट्टै सम्पन्न गर्ने भाषण गरेर सर्वसाधारणलाई भ्रममा पार्न भने छाडेनन् ।

जनयुद्धबाट आएकी खानेपानीमन्त्री बिना मगरले पनि आफ्नो कार्यकालको लोकप्रिय नारा मेलम्चीलाई नै देखिन् । र, मन्त्री पद सम्हालेको केही दिनमै भनिन् ‘यो दशैँसम्म मेलम्ची आउँछ ।’ तर उनको भाषण आधारहीन र हावादारी हुँदै जान थालेको उनी आफैँलाई महसूस भएको छ । किनकि यो दशैँमा पनि उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउने सम्भावना छैन ।

मंगलबार प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिको बैठकमा पटक–पटक सोधिएको प्रश्नमा मन्त्री मगरले मेलम्ची दशैँमा आउँछ भनेर भन्न सकिनन् ।

बरु विषय-वस्तुलाई अन्यत्र मोड्दै उनले आफू मन्त्री भएपछि मेलम्ची ल्याउन दिनरात खटिएको दावी गरिन् । अघिका मन्त्रीले काम नगरेकाले मेलम्ची ल्याउन अझै समय लाग्ने बताउँदै मन्त्री मगरले समस्या खानेपानी ऐनतिर तेर्स्याईन् ।

प्रकासित मिति

Loading...

 

yummyfood