1478958692 banner ad format

 
 

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्ने आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाउँदा १४ वर्षिय चेतन भट्टको मृत्यु भएको हो । गोली लागेर भीमदत्त नगरपालिकाकै युवराज भट्ट र मनोज खड्का गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय तोडफोड गर्दै जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । स्थिति अन्नियन्त्रित हुँदै गएपछि प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ।

सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको हो । करिव ८ राउण्ड भन्दा वढी फायर गरिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले महेन्द्रनगर तनाबग्रस्त बनेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood