1478958692 banner ad format

 
 

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । असोज २५ गतेलाई बोलाएको बैठकमा पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्ने बताइए पनि कृष्ण सिटौलालगायत अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक अनिश्चितककालका लागि स्थगित भएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अर्को बैठकको समय निश्चित त भइनसकेको र अब दशैं अघि बैठक बस्न सम्भव नभएको बताए । यद्यपी काँग्रेसले औपचारिक रुपमा बैठक स्थगित गरेको घोषणा भने गरिसकेको छैन ।

गत आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्ण सिटौलाले निर्णयमा असहमति जनाउदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

पार्टीमा विधि विधान विपरित देउबाले एकलौटी निर्णय गर्न थालेको भन्दै केन्द्रिय नेताहरुले असोज गते २५ बस्ने बैठक बहिस्कार गर्ने घोषणा गरेका थिए ।

यसअघि काँग्रेसले पार्टीको विधानलाई असोज २५ गतेसम्म अन्तिम रुप दिने जनाएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood