1478958692 banner ad format

 
 

काठमाडौं । कुनै देशको पासपोर्ट कति शक्तिशाली छ भनेर मापन गर्न उक्त देशका नागरिक वा पासपोर्टधारीले कति देशमा सहज आवतजावत अनुमति पाउँछन् भन्ने कुरालाई आधार मान्ने गरिन्छ ।

 विश्वभरका देशको पासपोर्टको विगत १३ वर्षदेखि र्‍याङ्किङ गर्दै आएको संस्था ‘हेनेली पासपोर्ट इन्डेक्स’ले मंगलबार सन् २०१८ मा कुन देशको पासपोर्ट कति शक्तिशाली भन्ने सूची प्रकाशन गरेको छ ।

कुन देशका नागरिकले कति देशमा भिसा फ्रि इन्ट्री पाउँछन् भन्ने तथ्याङ्कलाई विश्लेषण गरेर सूची प्रकाशन गरेको हेनेलीले जनाएको छ ।

‘हेनेली पासपोर्ट इन्डेक्स’का अनुसार सन् २०१८ मा जापानको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बन्न सफल भएको छ । जापानी नागरिकले १९० देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्न सक्छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेको सिंगापुरका पासपोर्टधारीले भने १८९ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्छन् । गतवर्ष सूचीको शीर्षस्थानमा रहेको जर्मनीको पासपोर्ट भने यसपटक तेस्रो स्थानमा झरेको छ ।

तेस्रो स्थानमा जर्मनीसँगै फ्रान्स र दक्षिण कोरिया पनि रहेका छन् । यी देशका नागरिकले १८८ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्न सक्छन् ।

त्यस्तै डेनमार्क, फिनल्याण्ड, इटाली, स्वीडेन र स्पेन चौथो स्थानमा छन्, ति देशका पासपोर्टले १८७ देशमा भिसा फ्रि इन्ट्री प्राप्त गर्ने छन् ।

अमेरिका, बेलायत, नर्वे, अष्ट्रिया, लक्जेमबर्ग, नेदरल्याण्ड र पोर्चुगल भने पाँचौ स्थानमा रहेका छन् । चिनियाँ नागरिकले ७४ देशमा भिसा फ्रि इन्ट्री पाउँछन् ।

दक्षिण एसियाली देशहरुमध्ये मालदिभ्सको पासपोर्ट सबैभन्दा शक्तिशाली रहेको छ । मालदिभ्स ५८ औं स्थानमा छ भने भारत ८१ औं स्थानमा रहेको छ ।

५५ देशमा भिसा फ्रि इन्ट्री पाउने भुटान ८६ औं स्थानमा रहेको छ । ४२ देशमा भिसा फ्रि इन्ट्री पाउने श्रीलंका ९९ औं स्थानमा रहेको छ । त्यस्तै १०० औं स्थानमा रहेको बंगलादेशका नागरिकले ४१ देशमा भिसा फ्रि इन्ट्री पाउँछन् ।

१०१ औं स्थानमा रहेको नेपालका नागरिकले भने ४० देशमा मात्रै सहज प्रवेश पाउँछन् । यो सुचीमा प्रकाशितमध्ये अन्तिमबाट छैठौं स्थानमा पर्दछ ।

अन्तिम स्थान (१०६ औं स्थान)मा भने इराक र अफगानिस्तान रहेका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood