1478958692 banner ad format

 
 

काठमाडौं– नेपाल खाद्य संस्थानले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दशैँका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण सूरु गर्ने भएको छ ।

संस्थानका लागि बागमती अञ्चल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहिबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आईपुगेको जानकारी दिए ।

शुक्रबारसम्म मुस्ताङबाट १ हजार वटा च्याङग्रा र हेटौडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने योजना रहेको बताइएको छ ।

बिहिबार बेलुकासम्म संस्थानले मासुको मूल्य निर्धारण हुने पनि स्पष्ट पारेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood