1478958692 banner ad format

 
 

काठमाडौं । सरकारले एक दर्जन देशमा राजदूत नियुक्ति र फिर्ता गर्ने भएको छ । बिमस्टेक बैठकलगत्तै संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिसहित भारत, मलेसिया र संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस गर्ने तयारी भइरहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।

सरकारले कतार, स्पेन, इजरायल, म्यानमार, बंगलादेश, जापान, दक्षिण कोरिया र ओमानका राजदूतहरुलाई फिर्ता बोलाउने र भारत, राष्ट्रसंघीय महासभा, मलेसिया र युएईमा नयाँ राजदूत नियुक्तिको तयारी गरिरहेको छ ।

त्यसैगरी क्यानडा, फ्रान्स, थाइल्याण्ड, दक्षिण अफ्रिका, जेनेभा र कुवेतका राजदूतहरु भने कार्यकाल समाप्त भएर घर फर्कने दिन नजिकिएको छ ।

कहाँ कसको सम्भावना छ त ?

भारतको राजदूतमा मन्त्री भइसकेका सिनियर नेताबाट सिफारिस गर्ने सम्भावना छ । कसलाई पठाउने भन्ने बारेमा केन्द्रित भएर शीर्षतहमा छलफल चलिरहेको छ । चीनको लागि राजदूतमा सिफारिस भए पनि ओली सरकार ढलेपछि नाम फिर्ता भएका पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई भारतको राजदूत बनाउन सक्ने अनुमान गरिएको छ ।

राष्ट्रसंघको स्थायी प्रतिनिधिमा उनीपछिको बरियताका सिनियर सहसचिव भरत पौडेल र राष्ट्रसंघको स्थायी प्रतिनिधिमा दक्षिण अफ्रिकामा राजदूत रहेका अमृत राईको नाम छलफलमा आएको छ ।

केही राजदूतलाई फिर्ता बोलाउने तयारी

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार पहिलो चरणमा हाल राजदूत खाली रहेका चार नियोगमा नियुक्ति गरेपछि अघिल्लो सरकारको राजनीतिक कोटामा गएका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी भइरहेको छ ।

श्रीलंकाका लागि नेपाली राजदूत डा.विश्वम्भर प्याकुरेल बाहेक कांग्रेस र राप्रपाको कोटाबाट राजदूत नियुक्त भएकाहरुलाई फिर्ता गर्ने परराष्ट्रको तयारी छ । त्यस्तै फिर्ता हुने राजदूतहरुमा कतारका रमेश कोइराला, स्पेनका भरत रायमाझी, इजरायल निरञ्जन थापा, म्यानमारका भीम उदास, बंगलादेशका डा.चोपलाल भुसाल, दक्षिण कोरियाका अर्जुनजंगबहादुर सिंह,कतारका राजदूत रमेश कोइराला र जापानका लागि राजदूत रहेकी राप्रपा नेतृ प्रतिभा राणा छन् ।

घर फर्कंदै, आधा दर्जन राजदूत

चार वर्षअघि राजदूत भएर गएका परराष्ट्रका सहसचिवहरुमध्ये केही राजदूतको कार्यकाल आगामी कात्तिकदेखि पुसभित्र सकिँदैछ । कतिपयलाई फिर्ता भएर नयाँ सिफारिस हुने बेलासम्म अन्य केही देशमा पनि राजदूत खाली हुँदैछन् ।

कार्यकाल सकिन लागेकाहरुमा क्यानडाका कालिप्रसाद पोखरेल, फ्रान्सकी अम्बिका लुइँटेल, थाइल्याण्डका खगनाथ अधिकारी, दक्षिण अफ्रिकाका अमृत राई, जेनेभाका दीपक धिताल र कुवेतका यज्ञबहादुर हमाल छन् । यीमध्ये राई, हमाल र पोखरेल बाहेक अरु उमेर हदका कारण घर र्फकंदैछन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा सरकारले हालै राजदूत नियुक्तिसम्बन्धी नयाँ मापदण्ड बनाएको छ । अबको नियुक्ति सोही मापदण्डअनुसार हुने परराष्ट्र स्रोतले जानकारी दिएको छ।

प्रकासित मिति

Loading...

 

yummyfood